Aamsanchar

बीएण्डसीको अर्को सफलता, गोलीको छर्रा निकाल्यो

Author Image
सोमवार, चैत २६, २०७४

दुर्गाले अनुपालाईबाटो खर्च दिदैं विदाई गरे

(नरेन्द्र ढकाल)

झापा।

टाँउकोमा गहिरो चोट भएपनि दुखाईको कुनै महशुस नै छैन । सोमबार पत्रकारमाझ हसिलो मुद्रामा रहेकी पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।

पूर्वमा छुट्टै पहिचान भएको बीएण्डसी टिचिङ्ग हस्पिटलले सामाजिक सुरक्षा अन्र्तग अनुपाको निःशुल्क उपचार गरेपछि उनमा खुशीको सिमानै थिएन् । ओखलढुंगाको कुइभीर माविमा कक्षा–९मा अध्ययनरत् रहेकै बेला जनयुद्धमा होमिएकी अनुपा ०५९ साल बैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा परेकी थिइन् । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार गरेपछि उनमा १५ वर्षपछि खुशी फर्किएको हो ।

उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरभरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी थिइन् । युद्धबिरामपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग ग¥यो न त सरकारले नै । आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी अनुपाको वीएण्डसी अस्पतालले निःशुल्क उपचार गरेपछि उनमा गुमेको खुशी पुनः फर्किएको हो ।

उनको साढे ५ घण्टा लगाएर सफल शल्यक्रिया गरिएको थियो । उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा.पंकज नेपाल र डा.दिनेश थापाको टोलीले यो सफलता बीएण्डसी हस्पिटलका लागी सबैभन्दा महत्वपूर्ण भएको डा.नेपालले बताएका छन् । अनुपाको घाँटी र टाउकोमा रहेको ५–५ एमएमका गोलीका र्छरा निकालिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको छाती, हात र घाँटीका हड्डी अझै पनि गोलीका छर्रा रहेको र त्यसले अनुपाको स्वास्थ्यमा कुनै असर नगर्ने डाक्टर नेपालले जानकारी दिए ।

उपचारपछि प्रफुल्ल मुद्रामा रहेकी अनुपाले आफुमा कुनै पिडा नभएको बताइन् । उनले आफ्नो उपचारका लागी बीएण्डसी हस्पिटलले गरेको सहयोग जीवनकै ठूलो सहयोग भन्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको प्रशंसा गरेकी थिइन् । उनले बीएण्डसीको यो गुनलाई कहिल्यै नभुल्ने भन्दै मेडिकल कलेजको रुपमा विकास भएमा यहाँका विद्यार्थीले समेत अध्ययन गर्न पाउने भएकाले सबैले पहल गर्नुपर्ने बताइन् ।

अनुपाका बुबा–आमा अर्जुन र रेनुका राईले बीएण्डसी हस्पिटलले आफ्नो छोरीको जीवन बचाईदिएको भन्दै कार्यकारी निर्देशक प्रसाईलाई अझ सफलता मिलोस् भनेस शुभकामना दिएका थिए । उनीहरुले बीएण्डसी हस्पिटलले लाखौं रुपैंयाको उपचार निःशुल्क गरेर ठूलो गुन लगाएको बताए । हस्पिटलले सामाजिक सुरक्षा अन्र्तगत गरिब,असाहय र अशक्त बिरामीको हस्पिटलले निःशुल्क उपचार गरेर सामाजिक दायित्व निर्वाह गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । पत्रकार सम्मेलनमा प्रदेश सांसद रमण न्यौपालेले बीएण्डसी हस्पिटल खुलेपछि मेची अञ्चलबाट उपचारका लागी विदेशीने गरेको ठूलो रकमको हिस्सा रोकिएको बताए । उनले प्रदेश सरकारको तर्फबाट हस्पिटललाई गर्ने सबै सहयोग गर्न तयार रहेको समेत न्यौपालेले प्रतिबद्धता जनाए ।

उपचारमा निःशुल्क गरेको हस्पिटलले अनुपालाई बाटो खर्चसमेत प्रदान गरेको छ । कार्यकारी निर्देशक प्रसाईले अनुपालाई बाटो खर्चसमेत दिएर विदाई गरेका हुन् । हस्पिटलमा दैनिक आड सय बिरामी उपचारका लागी आउने गरेका छन् । हस्पिटलले समान्यदेखि जटिल प्रकार रोगहरुको पनि सफल रुपमा उपचार गरिरहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाका सार्थ भारतका विभिन्न स्थानबाट समेत उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर