Aamsanchar

न्यू स्टार क्लब पाँचथर गोल्डकपको फाइनलमा

Author Image
बिहिवार, चैत २९, २०७४

पाँचथर :

न्यू स्टार क्लब सुनसरी, पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको भएको सेमिफाइनल चरणको पहिलो खेलमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई सुनसरीले ३–० गोलले पराजित ग¥यो।

सुनसरीको जीतमा खेलको २७औँ मिनेटमा टंक बस्नेतले गोल गरे। निशान लिम्बूको पासलाई उनले गोलमा परिणत गरे।  पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफको ५३ औँ र ६७ औँ मिनेटमा सुनसरीका सुशिल राईले ताप्लेजुङ विरुद्ध २ गोल गरे।

खेलको ७२औँ मिनेटमा ताप्लेजुङका स्ट्राइकर कर्ण लिम्बूलाई डिबक्स एरियाभित्र लडाएपछि सुनसरीका डिफेन्डर जीतेन्द्र खत्रिलाई रेफ्रिले रातो कार्ड दिएका थिए। त्यसपछि दबाबमा परेको सुनसरी विरुद्ध ताप्लेजुङ हावी हुन खोजे पनि गोल गर्नबाट भने चुकेको थियो।

खेलको म्यान अफ द म्याच सुनसरीका सुशिल राई भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। अब सुनसरीले फाइलनमा उपाधि रक्षाका लागि शुक्रबार हुने विर्ता युनाइटेड क्लब झापा र रेडहर्स इलामबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर