Aamsanchar

विधिको शासन कडाइका साथ लागू गर्ने-ओली

Author Image
शनिवार, वैशाख १, २०७५

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ले विधिको शासन कडाइका साथ लागू गर्ने घोषणा गरेका छन् ।नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगुका पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीका नाममा सम्बोधन गर्दै नक्कली शासकहरुको जगजगी अन्त्य गर्दै विधिको शासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

उनले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक विधिको शासन स्थापना गरिने बताए ।प्रधानमन्त्री ओलीले आत्मविश्वासको कमी र केही बेथितीहरु हुँदा मुलुकले विकासमा फड्को मार्न नसकेको भन्दै त्यस्ता समस्यालाई सरकारले समाधान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल साधन र स्रोतको धनी रहेको भन्दै अब कुनै पनि हालतमा विकासमा पछि फर्कने अवस्था नरहेको बताए ।भ्रष्टाचारलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले ऐनकानुनमा सुधार ल्याउने घोषणा गरे ।

उनले समस्याको समाधान गर्दै विकासको गतिलाई असाधारणरुपमा अघि बढाउने उद्घोष गरे ।सन् २०३० सम्म मुलुकलाई दिगो विकासको लक्ष्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्ना योजना कतिपयलाई महत्वाकांक्षी लागे पनि त्यस्ता आकांक्षा विना फड्को मार्न नसकिने बताए ।

त्यसका लागि उत्पादनलाई बढवा दिनुपर्ने उनको भनाइ छ ।प्रधानमन्त्री ओलीले नैतिक आचारण शुरु गराउने बताए । उनले त्यसको शुरुआत आफू र आफू नेतृत्वको मन्त्रिपरिषद्बाट शुरु गर्ने बताए ।

अब देशका कुनै पनि नागरिक भोकै मर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले कृषिलाई उच्च प्राथमिकता राखिने बताए ।प्रधानमन्त्री ओलीले छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरुसँग विकासमा हातेमालो गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर