Aamsanchar

चारपानेमा एनआईसी एशियाको २१५ औ शाखा

Author Image
बुधवार, असार २०, २०७५


चारपाने, असार २० । झापाको विर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा एनआईसी एशिया बैकको २१५ औ शाखा संचालनमा आएको छ । बुधबार बिर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका हुन ।

चारपाने शाखा मेनेजर सुजता बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका शिवाकोटीले अव विर्तामोड नगर क्षेत्र भित्र बैकको ऋण नतिर्ने ऋणीलाई नगरपालिकाले कालो सुचीमा राखेर नगरवाट पाउने सबैखाले सुविधावाट बञ्चित गराउने निती ल्याउन लागेको बताएका छन । अव सबै ऋणीले ऋण नतिरी धरै पाउदैनन, त्यसैले निर्धक भएर ठुला उद्योगीलाई मात्र हैन साना उद्योगी र कृषकहरुलाई पनि ऋण प्रवाह गरेर व्यवसाय गर्न सहयोग पुर्याउन एनआईसी एशिया बैकलाई अनुरोध पनि गरे ।
नेपालकै ठुलो बाणिज्य बैकको नामले चिनिएको एनआईसी एशिया बैकको यो शाखा समेत गरेर झापामा मात्र १५ वटा शाखा संचालनमा आई सकेको छ भने निकट दिनमै अरु तिन वटा शाखा विस्तार हुने एनआईसी एशिया बैक क्षेत्रिय प्रमुख दिपक थापाले बताए ।


कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष जितेन्द्र बस्नेत, साँगवेद संस्कृति माविका प्राचार्य दामोदर न्यौपाने, समाजसेवी नारायण राजवंशी, सहारा नेपाल साकोस चारपाने सेवाकेन्द्र प्रमुख तोयानाथ आचार्य, व्यवसायी जगन्नाथ खनाल, अर्जुन मैनाली लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको संचालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर