Aamsanchar

झुमीझुमी गर्ल 

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

prajita1

  स्टिल लभिङ यु एल्बमबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएकी प्रजिता गेलाल अस्ट्रेलिया पुगेर पनि गायनमा सक्रिय हुनुहुन्छ ।  भन्नुहुन्छ–“जहाँ गए पनि छाडेन नेपाली गीत गाउने हुटहुटीले ।  म जतिखेर पनि गाउँछु ।  सङ्गीतमै रमाउँछु । ”
अस्ट्रेलियामा हुने नेपाली चाडपर्वमा मात्र होइन नेपाली रहेका अन्य मुलुकमा समेत पुगेर नेपाली गीत÷सङ्गीतको स्वाद पस्कँदै आउनुभएकी प्रजिता विदेशमा रहेका नेपालीबीच झुमीझुमी गर्लका रूपमा परिचित हुनुहुन्छ ।  स्टेजमा हट एन्ड सेक्सी प्रस्तुतिका कारण पनि युवापुस्तामा लोकप्रिय गेलालको झुमीझुमी… बोलको गीत र म्युजिक भिडियो विदेशमा रहेका नेपालीबीच निकै लोकप्रिय छ ।  आप्mना केही गीतमा मोडलिङसमेत गर्नुभएकी गेलालले स्टिल लभिङ यु, झुमीझुमी र प्रजिता गरी तीनवटा एल्बम र तीन दर्जनभन्दा बढी गीत गाइसक्नुभएको छ ।
सुनसरी खनारकी प्रजिता अध्ययनका लागि विदेश गए पनि गीत÷सङ्गीतमा रमाउँदै आउनुभएको छ ।  चौथो एल्बमको तयारीमा रहनुभएकी प्रजिता भन्नुहुन्छ– “जहाँ गएनि यो मन त नेपाली हो । ”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)