Aamsanchar

आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि

Author Image
शनिवार, असार ३०, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । गृह जिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।

श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई आज बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्रवाहारी पुगेका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ रौतहट क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार बन्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर