Aamsanchar

प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त

Author Image
शुक्रवार, साउन ४, २०७५

सुर्खेत,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुखित तुल्याएको बताउनुभएको छ ।

विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पु¥याइनु दुःखको कुरा बताउँदै उहाँले भन्नुभयो,“कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले कमजोर हुँदै गएको डा केसीको ज्यानको सुरक्षाका लागि काठमाडौंँ जान आग्रह गर्न जुम्ला गएका थियौंँ तर प्रदेश सरकारलाई समेत गेट बन्द गरेर डा केसीलाई भेट्न जान असहज वातावरण बनाइयो ।”

उक्त घटनामा संलग्न सिसी क्यामेरामा कैद भइसकेकाले तिनको उचित छानवीन गरी कारवाहीको दायरामा ल्याउने उहाँको भनाइ थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान, शिक्षण अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुनियोजित ढंगबाटै तोडफोड भएको बताउनुभयो ।

यसैबीच आन्दोलनकारीसँगको झडपमा गम्भीर घाइते प्रहरी जवान कमल आचार्यलाई साँझ ६ः४५ बजे थप उपचारका लागि फिस्टेल एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आन्दोलनकारीले हानेको सिसा आचार्यको बायाँ छातीबाट बिझेर दायाँ छातीमा पुगेको छ र अवस्था निकै जटिल छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर