Aamsanchar

भगवान् विष्णुको अाराधना गर्ने दिन, एकादशी

Author Image
सोमवार, साउन ७, २०७५

काठमाडौं,

एकादशी भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो।

सनातन धर्मावलम्बीले एकादशीभन्दा अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरे पनि वैष्णव सम्प्रदायको प्रभाव बढ्दै गएको समाजमा एकादशीको पनि महत्त्व बढ्दै गएको हो।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, द्विदल भएका वस्तु (केराउ सिमीजस्ता) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम बारेको पाइन्छ।  एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने माहत्म्य सुन्नेजस्ता काम गरिन्छ।

काठमाडौंको सन्दर्भमा कुरा गर्ने हो भने चार नारायण, बूढानीलकण्ठजस्ता नारायणका मन्दिरमा घुइँचो लाग्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा एउटा र कृष्णमा अर्को । यो हिसाबले  वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिकमास परेको वर्ष दुईवटा थपिन्छन्।

सामान्यतया मार्ग(मंसिर)कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशी मानिन्छ।  विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्न हुने÷नहुने विषय बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर