Aamsanchar

तीन जना पहिरामा पुरिए

Author Image
सोमवार, साउन ७, २०७५

रोल्पा, 

गए राति गएको पहिरामा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् ।

पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ । बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरामा पुरिएको अवस्थामा भेटिएको बताइएको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर