Aamsanchar

मेयरदेखि प्रदेशमन्त्रीसम्म प्रहरीको पक्राउ सूचीमा, खुलेआम हिँड्दा पनि देख्दैन प्रहरी

Author Image
बिहिवार, साउन २४, २०७५

काठमाडौं।

मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् ।

तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालाई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ ।

२०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन बिकको हत्या गरिएको थियो । विकका आफन्तले उच्च अदालत जनकपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा मुद्दा दायर गरेका थिए ।

सरकारले सो मुद्दा अहिलेसम्म फिर्ता लिएको छैन । सो घटनामा मुद्दा दायर गरिएका अभिराम शर्मा प्रदेश २ सरकारमा मन्त्री भएका छन् ।यसैगरी सो घटनामा मुद्दा दायर गरिएका कौशल यादव संघीय फोरमबाट प्रदेशसभा महोत्तरीको ४ (क) बाट सांसद छन् । शंकर शाही (रामशंकर मिश्र) जलेश्वर नगरपालिकाका मेयर हुन् । –नागरिक दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर