Aamsanchar

घुमाउने बहानामा प्रेमीले गरे प्रेमीकाको हत्या

Author Image
शुक्रवार, भदौ १, २०७५

विराटनगर ।

मोरङको ग्रामथान गाँउपालिका–३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ।

विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए। घुमघामकै क्रममा भट्टराईले धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेका हुन्।

हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिँदै प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ गर्ने क्रममा ती युवकले स्थानीय बासिन्दालाई हतियारसहित प्रहार समेत गर्न खोजेको एसपी केसीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर