Aamsanchar

एसियाली खेलकुद : अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

Author Image
शनिवार, भदौ २, २०७५

काठमाडौं,

एसियाली खेलकूद (एसियाड) प्रतियोगिताको १८औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् ।

प्रतियोगिताको इण्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार भव्य उद्घाटन हुँदैछ । त्रिभुवन आर्मी क्लबसँग आवद्ध अधिकारी एसियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

अधिकारीले सन् २००६ मा श्रीलङ्कामा आयोजना भएको दशौँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्णपदक हासिल गरेका थिए । त्यसयता उनले ओलम्पिकमा पनि भाग लिँदै आएका छन् । एसियाडमा अधिकारीको यो लगातार चौथो पटक प्रतिस्पर्धा हो ।

गएको वर्ष दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा छवटा कास्य पदक जितेका थिए । “नेपालको झण्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियलसमक्ष प्रस्तुत हुन पाउनु खुशीको कुरा हो” अधिकारीको भनाइ उद्धृत गर्दै राष्ट्रिय खेलकूद परिषद्का प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

एसियाडमा एसियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले प्रतियोगिताको २९ खेलमा भाग लिएको छ । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६० ले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर