Aamsanchar

दमक क्याम्पस स्वबियुले निर्वाचन समितिको कागजपत्र जफत गरी ताला लगाउने

Author Image
मङ्गलवार, भदौ ५, २०७५

दमक ।

स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखि क्याम्पसले आफ्नो संगठनका सचिब रोशन भण्डारीको नाम क्याम्पससभा सदस्यमा नहालेको जनाउदै त्यो समावेश गर्नु पर्ने माग गरेको छ । हिजो निर्वाचन समितिलाइ पदाधिकारी बैठकको निर्णय सहित भण्डारीको नाम समावेश गरेर पुन क्याम्पससभा सदस्यहरुको नाम प्रकाशित गर्नु पर्ने माग स्वबियुले राखेको छ ।

तर निर्वाचन समितिले समयसिमा भन्दै ढिला आएको निवेदन भएकाले त्यो सम्भव नभएको भनेर सुचना निकालेपछि तनाव सिर्जना हुने अवस्था देखिएको छ । स्वबियुले यदि माग पुरा नभए निर्वाचन समितिको कागजपत्र जफत गरेर निर्वाचन कार्यालयमा ताला लगाउने निर्णय गरेर समितिलाइ जानकारी गराएको छ ।

७ गते हुने निर्वाचनका लागि हिजो निर्वाचन समितिले उम्मेदवारहरुको नाम मनोनयन गरेको थियो । स्वबियु पदाधिकारीहरु स्वत क्याम्प्ससभाको सदस्य हुने प्रावधान बिपरीत भण्डारीको नाम नामवलीमा समावेश नभएको स्वबियुको आरोप रहेको छ । स्थानीय राजनीतिक दलको नेतृत्वले निर्वाचन कार्यक्रम तोकेबमोजिम गर्न भनेपछि कार्यक्रम नरोक्ने मनाशयमा निर्वाचन समिति रहेको श्रोतले बतायो । सवालनेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर