Aamsanchar

बिरामीको कारण दुई दिनपछि मात्रै थाहा हुने

Author Image
आइतवार, भदौ २४, २०७५

बनेपा, 

प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनुभएको छ ।

गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष दर खाने क्रममा प्रमुख अतिथि भएर पुग्नुभएका उहाँ कार्यक्रमबाट फर्केपछि भोलिपल्ट शनिबारदेखि उपचार गराइरहनुभएको हो । “टाउको, पेट दुख्ने, पखाला लाग्ने, बान्ता गर्ने र ज्वरो आउने समस्या यथावत नै रहेको छ”, उहाँले भन्नुभयो ।

सो कार्यक्रममा भेला भएर दर खाएका सबैजसो गाउँले बिरामी परेर उपचार गराइरहेका छन् । उपचारमा संलग्न शिर मेमोरियल अस्पतालका चिकित्सक अरुण गुप्ताले बिरामीमा केही सुधारको अवस्था भएमा भोलि घर पठाउन सकिने बताउनुभयो ।

भोज खानेमध्ये बिरामी भएर उपचार गर्नेको सङ्ख्या ५३६ जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा नै भर्ना भएर उपचार भइरहेको बिरामीको सङ्ख्या १५४ जना रहेको र बाँकी उपचारपश्चात् घर फर्किसकेका छन् । छ जनाको अझै सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

घटना भएलगत्तै शनिबार नै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका चिकित्सक समीर अधिकारीको नेतृत्वमा गएको टोलीले बिरामीले खाएको खाना तथा प्रयोग गरिएको कुवा र इनारको पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाएको छ ।

त्यसको प्रतिवेदन आउन दुई दिन लाग्ने भएकाले त्यसपछि बिरामीको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)