Aamsanchar

पुल बगाएपछि आउनजान समस्या

Author Image
मङ्गलवार, असोज २, २०७५

सङ्खुवासभा, 

सङ्खुवासभा–सिलिचोङ गाउँपालिका– २ र ३ जोड्ने सङ्खुवाखोला माथिको झोलुङ्गे पुल पहिरोले बगाएको छ ।

एक सय ५० मिटर लामो पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । पहिरोले ३० मिटर ढलान गरिएको बाटो पनि बगाएको छ ।

पुल बगेपछि वाला र ताम्कु गाउँको सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर