Aamsanchar

भग्नावशेष सिन्धुली गढी दरवार

Author Image
शुक्रवार, असोज ५, २०७५

बि स १९५१ मा सुरु गरी झण्डै ५ बर्षको समय लगाएर बि स १९५६ मा निर्माण सम्पन्न भएको यस दरवार श्री ३ जंगबहादुरका भाई बमबहादुरले आफ्नी रानी द्रुपद राजकुमारीका लागि बनाईदिएका थिए ।

दरवार निर्माणका लागि सैन्य शक्तिका अतिरिक्त सिन्धुली जिल्लाका अमले, बस्तिपुर, बन्दिपुर बाट ज्यामीहरु ल्याईएको थियो । काठका ज्यामीको काम बसेरीका मगरहरुबाट भएको थियो भने जलेश्वरबाट पनि कालीगढहरु ल्याईएको थियो । सालका काठहरु सिन्धुलीमाडी बाट ओसारिएको थियो भने ईँटाका लागि भक्तपुर तथा जनकपुरका कालीगढ बोलाई दरवार परिसरमा नै पोलिएको थियो । दुई तले भव्य दरवारमा ३१ कोठा लगायत स्नानघर र शौचालय पनि थिए । 

फोटो  : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर