Aamsanchar

मेरो अनुभवमा सामाजिकता

Author Image
बिहिवार, असोज १८, २०७५

विष्णुप्रसाद खरेल

नाता पर्ने वालशखा, समाजसेवी कृष्ण चुडालजीसंग आज विहान भेट भयो । झापाको लक्ष्मीपुरमा रहेको वहाँकै निवासमा भएको भेटघाट मेरा लागि महत्वपुर्ण, बन्यो । मैले वहाँको वाल्यकाल देखि अहिलेसम्मको उतार चढावलाई स्मरण गरें । संघर्षपुर्ण जीवनलाई सामाजिकतामा वदल्न वहाँले गरेका कामहरुलाई एकपल्ट स्मृतिमा कुदाएं । आजको स्तम्भमा के लेख्ने भन्दै सोचिरहेको थिएँ । खुराक मिल्यो ।

आज अलिक फरक विषयमा लेख्न मन लाग्यो । वहाँलाई भेटेर फर्किरहदा सोचें मानिस किन सामाजिकतामा रमाउँछ ? आफनो समय, बुद्धि र विवेकलाई समाजको हित र उन्नतिका लागि किन खर्च गर्दछ ? एउटा असल मानिसका प्रयासहरुवाट समाजले के पाउँछ ? सामाजिक कार्यमा लागिरहने यस्ता सामाजिक अगुवाहरुलाई समाजले कसरी स्मरण गर्दछ ? र अन्ततः समाज परिवर्तनमा यस्ता अगुवाहरुका प्रयासहरुले के परिवर्तन ल्याउँछ ? मैले उल्लेख गरेका कृष्ण चुडालजी सामाजिक अभियानका एउटा प्रतिनिधी पात्र मात्र हुन् । वहाँजस्ता थुपै्र पात्रहरुले समाजको परिवर्तनमा निस्वार्थ योगदान गरिरहेका छन । यस्ता पात्र र प्रबृत्तिका वारेमा हामीले सोच्नु पर्छ, लेख्नु पर्छ र यस्ता पात्रहरुका प्रयासहरुलाई स्थापित गराउदै समाजको रुपान्तरणमा सहयोग पुयाउनु पर्दछ । मलाई यस्तै लाग्यो । यसैले यस पटकको स्तम्भलाई यसैमा केन्द्रित गर्ने प्रयास गरेको छु ।

हामो समाज अनौठो छ । अहिले सामाजिकतालाई राजनीतिले यसरी दुषित वनाएको छ कि हरेक सामाजिक अभियन्ताका प्रयासहरु राजनीतिक दृष्टिकोणवाट हेर्ने र आलोचित गर्ने प्रबृत्ति ब्याप्त छ । यसले सामाजिक एकता, सदभाव र सभ्यताको निर्माणमा चुनौती थपेको छ । सामाजिक विषयमा कसैले दृष्टिकोण प्रस्तुत ग¥र्यो भने उसको दृष्टिकोणलाई हामी विष्लेशण गर्नुभन्दा पहिला उसको राजनीतिक संलग्नताको जरो उधिन्न थाल्दछौं । राजनीतिको जरोमा उ कहाँ जोडिन्छ भन्ने थाहा पाएपछि उसका विचारको खण्डन, मण्डन वा समर्थन के गर्ने हो भन्ने धारणा तयार गर्न थाल्दछौं । अहिलेको हामो सामाजिक प्रबृत्ति यहि नै हो ।

हामीजस्ता यस्ता सैयौं मासिहरु छौं, जसले जीवनका धेरै वर्षहरुलाई सामाजिक सेवा र सहयोगमा विताएका छौं । धेरै पत्रकार मित्रहरु, शिक्षक तथा बौद्धिक ब्यक्तित्वहरु, राष्टसेवक कर्मचारीहरु, विभिन्न पेशामा आबद्ध नागरिकहरु, ब्यापारी तथा उद्योगपतीहरु, किसान तथा मजदुरहरु लगायतका समाजका विभिन्न वर्ग र तहमा रहेका ब्यक्तिहरु निरन्तर सामाजिक रुपान्तरणमा लागिरहनु भएको छ । राज्य, सरकार, राजनीतिक दलहरुको जस्तो प्रष्ट संरचना नदेखिए पनि सामाजिक अगुवा र सामाजिक अभियन्ताहरुको भुमिका, योगदान र नदेखिएको संरचना यति दरिलो र वलियो छ कि मानिसहरुले त्यसको अस्तित्वलाई विश्वास गरेका छन, आत्मसात गरेका छन र आमन्त्रित गरेका छन । यस्ता अभ्यासहरुको प्रयागे हामो समाजमा पहिल्यै देखि भइरहेको छ । यस्तो महत्वपुण प्रयासहरुका वारेमा हामी सहज ढंगले सोचि रहेका हुन्छौं, यसको गाम्भिर्यतामा ध्यान दिइरहेका हुदैनौं । थाहा पाएर पनि महत्व दिइरहेका हुदैनौं ।

राजनीतिमा पुर्वाग्रह, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, उत्तेजित आलोचना र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने प्रबृत्तिले सामाजिक अभियन्ताहरुको महत्व झन वढेको छ । यसो हुनुमा राजनीतिक दलहरुमा देखिने गलत संस्कार र कार्यशैली जिम्मेवार देखिन्छ । दलिय स्वार्थलाई केन्द्रमा रहेर कुनै पनि कार्य, वहश र घटनालाई हेर्ने दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको आचरण र अपरिपक्व कार्यशैलीले सामाजि रुपमा दलहरुको विश्वास कमजोर वनाउछ । अहिले राजनीतिमा देखिएको अभ्यास विश्वासको भन्दा शक्तिको प्रयोगको अभ्यास वनेको छ ।

जुन दलको सरकार तयार हुन्छ उक्त दलको सामाजिक वर्चस्व तयार हुने प्रबृति भनेको शक्तिको अभ्यास नै हो । यसर्थ पनि राजनीति शक्तिमा आधारित खेलको रुपमा विकास हुदैछ । यसैका कारण कुनै पनि वहश, छलफल र घटनाहरुमा राजनीतिक दलहरुका पेटिचिन्तकहरु भन्दा स्वतन्त्र विचार राख्ने ब्यक्तिहरुको खोजी समाजले गर्न थालेको छ । राजनीतिका कडा समर्थक र आलोचकहरुलाई समाजले फरक दृष्टिकोणले हेर्न थालेको छ ।

सामाजिक जीवनको पछिल्लो अनुभवमा म मैरै टोललाई विष्लेशण गरिरहेको छु । म वसेको टोलको विगत, वर्तमान, राजनीति र सामाजिक रुपान्तरणका अभ्यासहरुको विष्लेशण गर्ने मेरा लागि यो राम्रो पाठशाला बनेको छ । हामीजस्ता सामाजिक अभियन्ताहरुका यस्ता आ–आफ्नै प्रयोग र पाठशालाहरु रहेका हुन्छन । म पनि यहि क्रमको एउटा पाठशालाको विद्यार्थीका रुपमा रहेको छु । अहिले म मेरो सामाजिक पाठशालाको अध्ययन गरिरहेको छु ।

विर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको, आदर्शनगर । यस आदर्शनगरमा करिब दुइ सय भन्दा वढी परिवारहरु वसोवास गर्दछन । समाजका सबै तह र वर्गका मानिसहरु यस समाजमा रहेका छन । यस समाजमा एउटा सामाजिक संस्था पनि छ । आदर्श सेवा समाज, जो २०५८ सालमा दर्ता भएको संस्था हो । दाताहरुले दिएको आफनै दुई कट्ठा जमिनमा दुई कोठे भवन पनि छ । भौतिक रुपमा सम्पन्न वनाउने आधार सहितको यो संस्थाले यस क्षेत्रमा सामाजिक अभियान संचालन गरिरहेको छ । मैले यस संस्था, समाज र सामाजिक अभियन्ता विचको सम्पर्क, समन्वय र सहकार्यका अध्यायहरुलाई आफनो पाठशालाको अध्ययन सामग्री वनाएको छु । जहाँ म आएको करिब दुई वर्ष भएछ ।

जतिखेर म यो टोलमा आएं, वाहिरवाट मात्र हेरिन् । भित्रवाट टोलका मानिसहरु विचको अन्तरसंम्वन्धलाई नियाल्न थालें । आन्तरिक रुपमा यति कमजोर सामाजिक सम्बन्ध छ जस्तो मलाई लागेको थिएन । अत्यन्त विभाजित मनस्थिति, अविश्वास, अनेकता, आक्रोश, नेतृत्व क्षमतामा कमी, सकारात्मक सोचको अभाव यस्ता थुपै्र विषयहरुले समाजलाई गिजोलेको रहेछ । सुन्दर समाज निर्माण गर्ने थुप्रै आधारहरु रहदा रहदै पनि हामीले यस्ता आधारहरुको विष्लेशण गर्न सकेका रहेनछौं । मैले यस्तै देखें, भेटें । विस्तारै सकारात्मक चिन्तनको विकास गर्ने मेरो प्रयासमा समाजका धेरै साथिहरुले सहयोग गर्न थाल्नु भयो । समाज विस्तारै एकतामा रुपान्तरण हुन थाल्यो । एक आपसमा गुमेको विश्वासलाई जागृत पार्न थालियो । वोलचाल नै वन्द भएका मित्रहरुका सम्बन्धलाई नजिकतामा ल्याउन थालियो । छलफल र वहशहरु योजनामा पर्न थाले । हामीले एक वर्षको अवधीमा औपचारिक तीसवटा भन्दा वढी बैठकहरु राख्यौं । अनौपचारिक रुपमा पचासौं भेटघाट र छलफलहरु भए । नयाँ परिस्थिति बन्न थाल्यो । नयाँ आशाहरु देखिन थाले । मानिसहरुमा आपसी विस्वाश बृद्धि हुन थाल्यो ।

आदर्शनगरमा रहेको आदर्श सेवा समाजलाई हामीले पुनर्जिवीत ग¥र्यौं । नाया ब्यवस्थित योजनाहरु तयार ग¥र्यौं । सबैले सहभागिता वढाउन थाले । एक वर्ष भएछ, यस समाजको नेतृत्वले फड्को मार्न थाल्यो । गजवको फड्को मार्यो । प्रदेश सभाका सदस्य, विर्तामोड नगरपालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्षका आँखामा यो संस्था प¥र्यो । निरन्तर सहयोगको वातावरण तयार भयो । हामीले समन्वय र सहकार्यलाई यति वलियो वनाउन सक्यौं, अहिले कुनै पनि कार्यक्रम गर्न हामीलाई समस्या छैन । सहयोग, सहभागिता र संयोजनमा सिंङ्गो समाज एकजुट बनेको छ ।

यति कार्य गरिरहदा हामीले राजनीतिक मानसिकतालाई प्रवेश गराएनौं, अरुको अस्तित्व र सम्मानलाई सधै प्रमुख वनायौं । फरक दृष्टिाकोण र विचारका वारेमा खुल्ला वहश चलायौं । सहयोगको पारदर्शितालाई लुकाएर राखेनौं । त्यसैले पनि यो समाजको सामाजिकताले फड्को मारेको छ । यहि प्रयासको निरन्तरतालाई कायम गर्न सकियो भने केही वर्ष भित्रमा यो आदर्श सेवा समाज विर्तामोड नगरपालिकाको नमुना टोलका रुपमा विकास गर्न सकिन्छ । यस समाजमा प्रारम्भमा मैले भनेका कुराहरुलाई र योजनाहरुलाई अहिले विश्वासमा परिवर्तित गर्न सकेकोमा मलाई पनि एक प्रकारको आत्म सन्तुष्टि भएको छ, हामी धेरैमा यो सन्तुष्टि प्राप्त भएको छ । हामी सबै अहिले एक अर्कालाई सम्मान र इज्जत गर्न थालेका छौं ।

मैले यो प्रसंग किन उठाएं भने, सामाजिकताको निर्माण सहज विषय होइन रहेछ । मेरो अनुभवले यहि सिकाएको छ । सामाजिकताको निर्माणमा अनेकौं चुनौतीहरु आउदा रहेछन । ब्यक्ति–ब्यक्ति विचको फरक सम्बन्ध र मानसिक अवस्था, फरक ढंगको सोच र ब्यवहार, काम गर्ने फरक कार्यशैलीहरु र ब्यक्तिका महत्वकाँक्षाहरुलाई सही रुपमा ब्यवस्थापन गर्न सकिएन भने त्यो भन्दा ठुलो दुर्भाग्या अरु नहुने रहेछ । तर, यही कुरालाई सही ढंगले ब्यवस्थापन गर्न सकियो भने यो एउटा दिगो सामाजिक शक्तिमा वदल्न सकिने रहेछ । मात्र आवश्यक पर्दछ – खुल्ला सोच, सहृदयी भावना, अरुको अस्तित्वको सम्मान, निरन्तर संवाद, हरेक कार्यमा पारदर्शिता र राजनीतिक पुर्वाग्रह विहिनता । यति मात्र भयो भने सामाजिकतालाई वलियो वनाउन सामाजिक अभियन्ताहरुका प्रयासहरु भन्दा बलियो र शक्तिसाली अरु कुनै विषय बन्न सक्दैन रहेछ ।

फेरी म स्तम्म लेखनको शुरुमै पुगें । छुट्टिने वेलामा कृष्ण चुडालजी भन्दै हुनुहुन्थ्यो ‘खाना छिटो पकाउ है, खाना खाएर सुरुङ्गामा एउटा महत्वपुर्ण विषयमा छलफल गरी समस्या समाधान गर्न जानु छ ।’ यही कुराले मलाई प्रभाव पा¥र्यो । वहाँजस्तै हामी हजारौं सामाजिक अभियन्ताहरु समाजमा निरन्तर क्रियाशिल भइरहेका छौं, तर देखिदैनौं । कुनै सम्मान वा प्रसंसाको आशा गदैनौं, निरन्तर रुपमा निस्वार्थ क्रियाशिल छौं । यस्तै सामाजिक अभियन्ताहरुको निरन्तर क्रियाशिलताले नै सामाजिकताको विकासमा सघाउ पु¥र्याइ रहेको छ । यस्ता स्वयंमसेवी सामाजिक अभियन्ताहरुलाई मेरो सलाम !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 728

प्रतिक्रिया (०)

सम्बन्धित खबर