Aamsanchar

पशुपतिनाथमा वार्षिक १३ करोडको भेटी

Author Image
शुक्रवार, असोज २६, २०७५

काठमाडौं,

पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ।

पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो। पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ।

२०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन। यो वर्षमा साउन महिनाको सोमबार, बोलबम यात्र, हरितालिका तीज र जनैपूर्णिमामा प्राप्त भेटी भने गणना भइरहेको छ।

पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ भन्दा बढी कर्मचारी खटिएका छन्। तीन वर्षअघि २०७२ सालको भूकम्प र यसपछिको एक वर्ष कम भेटी प्राप्त भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर