Aamsanchar

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै

Author Image
शुक्रवार, असोज २६, २०७५

काठमाडौं।

आज नवरात्रको तेस्रो दिन, घर तथा शक्तिपीठहरुमा चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाआराधना गरिँदै छ ।

देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रसिद्ध छिन् । शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो ।

उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

चन्द्रघण्टा अनेक प्रकारको रत्न जडित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहने गर्दछिन् ।

चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नास हुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर