Aamsanchar

सुपारी खेती विकास संस्थाको अध्यक्षमा खतिवडा सर्वसम्मत

Author Image
शुक्रवार, असोज २६, २०७५

झापा ।

नेपाल सुपारी खेती विकास संस्थाको अध्यक्षमा देवीप्रसाद खतिवडा तेस्रोपटक निर्वाचित भएका छन् । झापामा सुपारी खेतीको उद्गम भूमि बाहुनडाँगीको सामुदायिक भवनमा बिहीबार सम्पन्न संस्थाको सातौं साधारणसभाले खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको महासचिवमा शेखरनाथ अधिकारी, सचिव ज्ञाननाथ पौडेल र कोषाध्यक्ष चन्द्रकला भण्डारीलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यमा वर्तमान महासचिव नीलकण्ठ तिवारी, देवीप्रसाद भट्टराई, युवराज राई, कुन्दन भट्टराई, धर्मेन्द्र गुप्ता, कर्णबहादुर तामाङ, शम्भुप्रसाद पौडेल, ज्ञानु थापा, गंगादेवी कार्की, ज्ञानबहादुर थापा, विश्वनाथ ढकाल, राजेन्द्रकुमार राई, छविलाल शिवाकोटी, डिल्लीराम गौतम चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र ढुंगेलले जानकारी दिए ।

उपाध्यक्ष पदमा कसैले चासो नदेखाएपछि हाललाई पद खाली राखिएको र पछि कार्यसमितिको बैठकले कोही सदस्यलाई सो पदमा बहाली गर्ने नवनिवाृचित अध्यक्ष खतिवडाले जानकारी दिए । साधारणसभाको बन्दसत्रले अध्यक्षको प्रतिवेदन, महासचिवको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको थियो ।

आव ०७४÷०७५ मा संस्थाले ५ लाख ४५ हजार आम्दानी गरेको छ भने झण्डै दोब्बर ९ लाख ४६ हजार खर्च भएको छ । पछिल्लो समय विभिन्न कारणले सुपारी निर्यातमा समस्या उत्पन्न भएपछि संस्थाको आम्दानी पनि प्रभावित भएको बताइन्छ ।

संस्थाका अध्यक्ष खतिवडाकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन एक समारोहका बीच प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

महासचिव नीलकण्ठ तिवारीले सञ्चालन र उपाध्यक्ष शेखरनाथ अधिकारीले स्वागत गरेको साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले झापाको उत्तरी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत बनेको सुपारीको प्रवद्र्धन, विकास, प्रशोधन र गुणस्तरीय सुपारी निर्यातका लागि नगरपालिकाले सहयोग गर्ने बताए

तेस्रो मुलुकबाट आयातीत सुपारीका कारण नेपाली सुपारी क्षेत्र बदनाम हुँदै आएका भन्दै उनले विदेशी सुपारी आयातलाई निरुत्साहित गर्दै स्वदेशी सुपारीलाई प्रवद्र्धन गरी निर्यातका लागि सबै सुपारी किसान तथा व्यवसायी एकजुट हुनुपर्ने उल्लेख गरे ।

समारोहमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघका अध्यक्ष रुद्र चापागाईं, सुपारी उत्पादन तथा व्यवसायी संघका अध्यक्ष अर्जुनकुमार कार्की, नेपाल सुपारी उत्पादक तथा निर्यात व्यवसायी संघका अध्यक्ष रवि नेपाल, सुपारी उद्यमी नारायण रिजाल, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुव कनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर