Aamsanchar

झापा आउँदै प्रधानमन्त्री ओली : यस्तो छ आजको कार्यक्रम

Author Image
बिहिवार, कार्तिक १, २०७५

झापा ।

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । हरेक बर्ष गृहजिल्लामा आफैंले आयोजनना गर्ने चियापान कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट गृहजिल्ला झापा आउने कार्यक्रम रहेको छ ।

पौने ११ बजे गृहजिल्ला झापा उत्रिएलगत्तैबाट प्रधानमन्त्री ओली भेटघाट र कार्यक्रममा ब्यस्थ हुनुहुनेछ । झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी हुनुहुनेछ ।

सो कार्यक्रमलगत्तै प्रधानमन्त्री ओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ ।

सो कार्यक्रममा सहभागी भएपछि आवश्यक भेटघाट गरी आजै अपरान्ह काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री डा। युवराज खतिवडासमेत झापामा आउने कार्यक्रम छ ।

गृहजिल्लाका नेता कार्यकर्ताको गुनासो सम्बोधन गर्न प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई पनि झापाको चियापानमा सहभागी हुन लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर