Aamsanchar

हिन्दू धर्म बारे यी कुराहरु जुन तपाईंलाई थाहाँ नभएको हुनसक्छ

Author Image
बुधवार, कार्तिक २८, २०७५

विश्वको सबैभन्दा पुरानो धर्म हिन्दू धर्म हो।संसारमा हिन्दू धर्मको संख्या १३.८ प्रतिशत रहेको छ भने हिन्दू धर्ममा ३३ करोड देविदेवताको आरधना गर्ने परम्परा छ।हिन्दू धर्ममा आस्था राख्नेहरू पूनर्जन्मको विश्वास गर्छन् र पाप-पूण्यप्रति सचेत हुन्छन्।

हिन्दू धर्मको ग्रन्थ ऋग्वेद संसारकै सबैभन्दा प्राचीन ग्रन्थ हो र भारत विश्वमा सबैभन्दा धेरै हिन्दूहरु भएको देश हो।ब्रह्मा,विष्णु महेश हिन्दू धर्मका सबैभन्दा ठूला देवताहरु हुन्।ब्रह्मा सृष्टिकर्ता,विष्णु पालनकर्ता र महेश संहारकर्ता हुन्।

भारत र नेपालमा भएका हिन्दू मन्दिरहरु हजार बर्ष भन्दा पुराना छन्।विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया कुनै समय हिन्दूहरुको वर्चस्व थियो।अहिले पनि त्यहाँ थुप्रै ठूला हिन्दू मन्दिरहरु रहेका छन्।

मानिसको मृत्युपछि लाश जलाउने परम्परा हिन्दु धर्ममा मात्र छ , प्राचीन समयमा संसारभर हिन्दू धर्मको प्रचार-प्रसारको मुख्य भूमिका ऋषिमुनीहरुले निभाएका थिए र हिन्दू धर्ममा १०८ लाई पवित्र मानिन्छ।

हिन्दू धर्ममा भगवानलाई सम्झिन कुनै खास दिन या समय चाँहिदैन।जतिखेर मन लाग्यो मन्दिर जान सकिन्छ र भगवानलाई सम्झिन र पुकार्न सकिन्छ।देवी-देवताको संख्या समान छ र दुवैलाई उत्तिकै सम्मानका साथ श्रद्धा र पूजा गरिन्छ।

हिन्दु धर्मको बहुमुल्य सम्पत्ती तथा ठूलो ग्रन्थ ‘महाभारत’को रचना महर्षि वेद व्यासले गरेका थिए। यसै महाकाव्य भगवत गीताको उद्गम भएको हो।गीतामा एक लाख श्लोक छ।

सत्य युगमा राम,द्वापर युगमा कृष्ण भगवान विष्णुको अवतार हुन्।कलियुगमा भगवान विष्णुको अन्तिम अवतार ‘कल्कि’ अवतार हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)