Aamsanchar

नेत्रहीन क्रिकेट प्रतियोगिता

Author Image
सोमवार, मंसिर ३, २०७५

विराटनगर, 

नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइनेछ ।

यस वर्र्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने सङ्घका अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न करीब रु सात लाख ५० हजार खर्च हुने बताइएको छ । उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)