Aamsanchar

युनिटी फरेन इन्भेस्टमेन्ट को प्रथम साधारण सभा सम्पन्न स् अध्यक्षमा लामिछाने

Author Image
शुक्रवार, पौष २७, २०७५

सुर्य खवास/ युएई,

युनिटी फरेन इन्भेस्टमेन्ट प्रा।लि।को प्रथम साधारण सभा झापाली समाज युएईका केन्द्रिय कोषाध्यक्ष भरत बुढाथोकी को प्रमुख आतिथ्यमा हिजो बिहिवारका दिन अबुधाबिमा सम्पन्न भयो ।

प्रमुख अतिथीबाट दिप प्रज्जवल्न गरि शुरुवात गरिएको उक्त कार्यक्रम मा युएफआइ का अध्यक्ष नरेश लामिछाने ले वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।

यसै गरि युएफआइ का कोषाध्यक्ष शेषराज न्यौपानेले सैतिस लाख सैतिस हजार रुपैयाँ बराबरको आय व्यय सहितको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सभामा प्रस्तुत दुबै प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको थियो । कम्पनिको आठ महिनाको कारोवारमा एक लस्ख एकहतर हजार मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी साधारण सभा बाट आगामी चार वर्षकोलागी नरेश लामिछाने को अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिती गठन गरेको छ । जसको उपाध्यक्ष होमनाथ अधिकारी, सचिव तेजमणी सुवेदी, सह(सचिव सुर्य बहादुर खवास, कोषाध्यक्ष शेषराज न्यौपाने, सह(कोषाध्यक्ष काशिनाथ ढकाल हुनुहुन्छ भने सदस्यहरुमा क्रमशः पुजा भट्टराई ,नारायण भट्टराई तथा लोकनाथ कोइराला रहनु भएको छ ।

युएईलाई कार्यक्षेत्र बनाई श्रमशिल झापालिहरुको ३१ जनाको समुहले बचत गर्ने बानी बसाल्न तथा सामुहिक रुपमा केही गर्ने उद्देश्यले आफ्नो आर्जनको सानो हिस्सा ूप्रवासी नेपाली बचत, ऋण तथा लगानी कोषूको नामबाट मासिक एक सय दिराम बचत बाट शुरु गरेका थिए । उक्त समुहले नेपाल सरकारको कम्पनी ऐन अनुसार गत जेष्ट २३ गते विधिवत रुपमा ‘युनिटी फरेन इन्भेस्टमेन्ट प्रा।लि।’ को नाममा कम्पनी दर्ता गरि आफ्नो कारोवारलाई अघि बढाएको छ ।

उक्त कम्पनीले आगामी २ महिना भित्रमा झापाको विर्तामोडमा सुविधा सम्पन्न रेष्टुरेण्ट संचालनमा ल्याउन लागेको र उक्त रेष्टुरेण्टको निर्माण कार्य तिब्र रुपमा भैरहेको कम्पनिका अध्यक्ष नरेश लामिछानेले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर