Aamsanchar

सविन लिम्बुको ‘मन मिलेपछि’

Author Image
शुक्रवार, माघ ४, २०७५

बिर्तामोड ।

गायक तथा संगीतकार सविन लिम्बुको आवाजमा रहेको गीत ‘मन मिलेपछी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘पल पलमा’,‘किन रुन्छ मन’,‘म भन्दा नी धेरै राम्री’लगायतका दर्जनौ चर्चीत गीतहरुमा आवाज भरेका लिम्बुको अर्को गीतको म्युजिक भिडियो विहिवार सार्वजनिक भएको हो ।

सुमधुर आवाजका धनी गायक लिम्बु पछिल्लो समय चर्चामा रहेका गायक हुन् । उनका दर्जनौ गीत,संगीत युवापुस्ताले रुचाउँदै आएका छन् । स्थायी घर झापा भएपनि हाल संघिय राजधानी काठमाण्डौमा रहेर संगीत कर्ममा व्यस्त उनी सांगीतिक क्षेत्रका चम्कीला नक्षत्र मानिन्छन् ।

पाशाङ शेर्पाको एक्सन कटमा निमार्ण गरीएको ‘मन मिलेपछी’को म्युजिक भिडियोमा गायक आफैँले अभिनय गरेका छन् । उनी मोडल नेहा बस्नेतको जोडीको रुपमा देखा परेका हुन् ।अन्य गीतहरुमा अत्याधिक माया र साथ बटुलेका लिम्बुले यसमा पनि दर्शक ,श्रोताको मन जित्ने बिश्वास लिएको बताए ।

गीतकार उपेन्द्र लिम्बुको शव्दमा रहेको गीत ‘मन मिलेपछी’मा गायक स्वयमको संगीत तथा एरेञ्ज छ । भडियोलाई पाशाङ शेर्पाले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=nDbXefh0bLg&fbclid=IwAR3m8v_iB5q0H3ndLF-DJamOTPNHpx4qD_muKfG_Vsb_DfZAEZOP1nv8Qw8

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर