Aamsanchar

आङ खस्ने तथा पाठेघर समस्या सम्बन्धि शिविर १० बर्षिय बालिका समेत पीडित

Author Image
शुक्रवार, माघ १८, २०७५

महिलाहरूको आङ खस्ने तथा पाठेघर समस्या सम्बन्धि एक दिवसीय शिविर तथा सचेतता कार्यक्रम हल्दिवारी गाउँ पालिका स्थित जलथल स्वास्थ चौकीमा सम्पन्न भएको छ । बाहुनढोका टोल विकास सस्थाको आयोजना तथा वडा कार्यलय ४ को आर्थिक सहयोगमा सम्पन्न उक्त शिविरबाट यस क्षेत्रका १२४ महिलाहरुले सेवा लिएको सस्थाको अध्यक्ष महिमा कुमारी राजवन्सिले बताएकी छ्न ।

सेवा लिनेमा १० बर्शिय बालिका समेत रहेकी छ्न । शिविरमा मेची अस्पताल स्त्रीरोग विशेषज्ञ डाक्टर झुमा सिलवाल पोखरेलको टोलिले सेवा प्रदान गरेको थियो । डाक्टर पोखरेलका अनुसार आङ खस्ने समस्यामा रहेकी एक १० बर्षिय बालिका पनि सेवा लिन त्यहाँ पुगेकी थिईन । शिविरमा बाजोपनका ३ ,रिङ राखेको ३ ,मेची अस्पताल रिफर गरिएका ६ ,घोपा क्याम्प रिफर गरिएको १ ,आङ खसेको समस्या भएका १६ लगायत का महिला हरुले सेवा लिएका डाक्टरले जानकारी दिनु भएको छ ।

हल्दिवारी गाउँ पालिका वडा नम्बर ४ अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाको अध्यक्ष महिमा राजवन्सिले गरेकी थिएन । कार्यक्रममा प्रमुख अतिथि चुडाल ,कार्यपालिका सदस्य महेस मेचे ,सस्थाकी सदस्य उर्मिला पाठक लगायतले कार्यक्रम आयोजना गर्नु को कारण ,आबस्यक्ताको बारेमा जानकारी गराएका थिए । वडा नम्बर ४ को रू १ लाख सहयोगमा उक्त कार्यक्रम आयोजक गरिएको बाहुनढोका टोल विकास सस्था को अध्यक्ष राजवन्सीले बताएकी छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर