Aamsanchar

श्रीकृष्णप्रणामी मन्दिर धुलाबारीमा पारायण, हजारौ भक्तको दैनिक आगमन

Author Image
सोमवार, माघ २८, २०७५

(विनादे पाण्डे कमल)

श्रीकृष्णप्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथजी यस धरतीमा प्रकट भएको चार सय बर्ष र श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक महोत्सव धुलाबारीमा सम्पन्न हुदैछ । ।

पचास वर्ष अघि श्री १०८ मङ्गलदासजी महाराजले झापा आएर धुलावारी, चन्द्रगढी, बुधवारे र शनिश्चरेमा चार वटा मन्दिर स्थापना गरेका थिए ।श्री कृष्णप्रणामी धर्मावलम्बीहरुले अपार श्रद्धा गर्ने मङ्गलदासजी महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलावारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो ।

शनिवार सुरु भएको महोत्सव फागुन ३ गते समापन हुने छ । महोत्सव अवधिभर श्रीमत्तारतम् १०८ पाठ पारायण हुने छ भने भागवतविद् पं. लीलारस सागरबाट श्रीमद्भागवतको श्रीकृष्ण कथा वाचनहुदै छ ।हरेक दिन श्री १०८ मोहन प्रियाचार्य गुरुले कार्यक्रममा श्रीमत्तारतम सागरको कथा वाचन भई रहेको छ ।  कथा पाठमा  महिला, दलित लगायत समुदायका गुरु पंडितको सक्रिय सहभागिता रहेको छ ।

कार्यक्रममा धरान गोपीधामका जगतानन्द महाराज, धुलावारीका मुक्तिनाथ महाराज, रायगढका महेन्द्र महाराज, मङ्गलधामका शरणानन्दजी महाराज, मङ्गलधामकै राजमणिजी महाराज, रायगढका प्रेमलजी महाराज, मुक्तिधाम इटहरीका राधा माताजी, लगायतका विद्यवान हरुको उपस्थितीमा पारायण भईरहेको छ ।

सोमवार धार्मिक अनुस्ठानमा एक फरक कार्यक्रम पनि आयोजना भयो । विभिन्न दलका सांसद नगरप्रमुखको अपस्थितकामा धर्म सम्वधी विचार गोष्टी पनि सम्पन्न भएको छ । गोष्ठीमा झापा क्षेत्र नं. ३ का  सांसद राजेन्द्र लिङदेन, क्षेत्र नंं १ का सुरेन्द्रकार्की, प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख विमल आचार्य लयागतको सहभागिता रहेको  थियो । पारायणमा झापा सहित विभिन्न जिल्लावाट दैनिक हजारौ धर्मअनुरागीहरुको उपस्थित रहन थालेको आयोजकले जानकारी दिएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर