Aamsanchar

हात्तीको परिचय 

Author Image
बुधवार, वैशाख १२, २०८१

हात्ती पृथ्वीको सबैभन्दा ठूलो स्थलीय जनावर हो । वैज्ञानिकहरूका अनुसार पृथ्वीमा ५६ करोड ६० लाख वर्षअघि हात्तीको उत्पत्ति भएको थियो, ३३ करोड वर्षअघि अफ्रिकामा सीमित थियो, अफ्रिकाबाट युरोप र एसियासम्म २ करोड वर्षअघि फैलिएको थियो र १६ करोड वर्षअघि उत्तर अमेरिका र ३ करोड वर्षअघि दक्षिण अमेरिकामा पुगेको थियो । हाल हात्ती अफ्रिकी महादेशका ३७ र एसियाली महादेशका १३ देशमा मात्र पाइन्छ । हात्ती बौद्धिक र सामाजिक प्राणी हो ।

प्राकृतिक बासस्थानका अतिरिक्त विभिन्न चिडियाखाना, सरकारी हात्तीको अभयारण्य र निजी क्षेत्रमा करिब १६ हजार पाल्तु हात्तीहरू छन् । हात्तीमा भएका विभिन्न अध्ययनका प्रतिवेदनका अनुसार अफ्रिकी हात्ती र एसियाली हात्तीको प्रजाति विभाजन ७६ लाख वर्षअघि भएको थियो । हाल संसारमा हात्तीका मुख्य तीन प्रजाति मात्रै छन् ।

अफ्रिकी सवाना वा झाडी हात्ती र अफ्रिकी वन हात्ती अफ्रिकी महाद्वीपमा पाइने २ प्रजातिका हात्ती हुन् र एसियाली महाद्वीपमा पाइने हात्तीको एक प्रजातिलाई एसियाली हात्ती भनिन्छ ।
श्रोत: हात्ती सम्बन्धी जानकारीमूलक पुस्तिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर