Aamsanchar

घुसकाण्डमा मुछिएका अख्तियारका आयुक्तले बुझाए राष्ट्रपतिलाई राजीनामा

Author Image
शुक्रवार, फागुन ३, २०७५

काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्।

उनले शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको प्रमाणसहितको समाचार प्रकाशन भएपछि उनी विवादमा आएका थिए।

उनले उक्त मुद्दा मिलाउनका लागि ७८ लाख घुस खाएको खुलेको हो। समाचार सार्वजनिक भएसँगै उनलाई महाअभियोग लगाउने तयारी भइरहेका बेलामा उनले राजीनामा दिएका हुन्।– थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर