Aamsanchar

भारतबाट ल्याउदै गरेको कुखुरा समाते हल्दिवारीका कुखुरा कृषकले

Author Image
शनिवार, फागुन ४, २०७५

 (नेत्र विक्रम विमली)

हल्दिवारि झापा । भारतबाट ल्याउदै गरेको वइलर जातको कुखुरा जलथलमा स्थानीयले समातेर स्थानीय प्रहरीलाई बुझाएका छ्न ।

नेपालको दक्षिणि सिमाना घेरावारी हुँदै ल्याइएको करिब ८० किलो कुखुरा (१६ वटा ) जलथल प्रहरीले स्थानीय जनप्रतिनिधि ,पत्रकार वइलर कुखुरा संघ हल्दिवारी,पशु कोरेन्टेन चेक पोस्ट भद्रपुरका प्रतिनिधिको रोहवरमा नस्ट गरेको छ । नेपालको दक्षिण सिमाना हुदै चोरी निकासी गर्दै नेपालमा प्रतिबन्धित कुखुरा प्रत्येक दिन नेपाल भित्रीने गरेको कुखुरा पालक कृषक बताउछन् ।

जलथल प्रहरी चौकीले वडा अध्यक्ष होम प्रसाद चुडाल ,वडा सदस्य केदार उप्रेती ,पशु कोरेन्टेन चेक पोस्टका प्रतिनिधि जितेन राजवन्सी ,वइलर कुखुरा संघ हल्दिवारीका सचीव तुलसी प्रसाद मिश्रको रोहवरमा खाल्डा खनी मारेर नस्ट गरेको प्रहरी चौकी जलथलका प्रमुख असै एकराज फुयालले बताउनु भएको छ । जलथल प्रहरी प्रमुख फुयालले स्थानीयलाई अपराधीक कार्यको सूचना दिई सहयोग गर्न समेत आह्वान गर्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर