Aamsanchar

‘नेपाल खसीको मासुमा आत्मनिर्भर हुने’

Author Image
आइतवार, फागुन ५, २०७५

गणेश अर्याल / इलाम।

इलामका बाख्रापालक किसानहरु संगठित भएका छन् । नेपाल ब्यावसायिक बाख्रापालक महासंघ इलाम जिल्ला समिति गठन गरेर किसानहरु संगठित भएका हुन् ।

कुलदीप खालिङ राई (रोङ)को संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा डिल्ली दुलाल(चुलाचुली), सचिवमा घनश्याम थापा (रोङ), सहसचिबमा याम राई(सन्दकपुर) र कोषाध्यक्षमा दुर्गा न्यौपाने (इलाम नगरपालिका) रहेका छन् । त्यसैगरी सदस्यहरुमा ज्ञानु राई( सन्दकपुर) ठाकुर सुब्बा (फाकफोकथुम) शेरबहादुर तामाङ (सूर्योदय) मनोजकुमार मगर (माई नगरपालिका) रहेका छन् ।

जिल्लाको १० वटै स्थानीय तहका प्रतिनिधित्व हुने गरी बन्ने सो समितिमा माङसेबुङ र माई जोगमाइको प्रतिनिधिहरु भने थप हुन बाँकी रहेको संयोजक राईले बताए । महासंघले किसानहरुको हित र हकको क्षेत्रमा काम गर्ने संयोजक खालिङले बताए । केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाईको बिशेष आतिथ्यमा रोङ गाउँपालिकाको इरौटार सामुदायिक बनको कार्यालय बहुबनमा सम्पन्न भएको भेलाले समिति गठन गरेको हो ।

नेपालमा मासुको लागि बाख्रापालनको प्रशस्त सम्भावना भएर पनि ब्यवसायिकता हुन नसकिरहेको अवस्थामा महासंघको पहलमा मासुमा आत्मनिर्भर बनाउने योजना रहेको नेपाल ब्यावसायिक बाख्रापालन महासंघका केन्द्रीय उपाध्यक्ष सेढाईले बताए । ‘नेपालमा बर्षेनि ३३ अर्बको मासु आयात हुने तथ्यांक हामीसँग छ’ –उपाध्यक्ष सेढाइले भने– ‘हाम्रो कार्यक्रम अनुसार अवको तीन बर्षमा नेपाल खसीको मासुमा आत्मनिर्भर हुनेछ ।’ महासंघले १५ बँुदे घोषणापत्र नै तयार पारेर कार्यक्रम तयार गरेकाले लाइफस्टक एनोभेसन, समृद्धि लगायतको संस्थाले पनि साथ दिएको सेढाईको भनाइ छ ।

इलाम जिल्लाको हकमा अव आगामी चैत्र महिनासम्ममा पालिका स्तरको १० वटा समिति बन्ने योजना रहेको इलाम जिल्ला संयोजक राईले बताए । समिति गठन कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगर, महासंघका १ नम्बर प्रदेश संयोजक बिनोद कोइराला, रोङ गाउँपालिकाको सामाजिक बिकास समितिका संयोजक युवराज खाप्तुवा राई लगायतको आतिथ्य रहेको थियो । केन्द्रबाट नै गठन हँुदै आएको सो महासंघको यसअघि १ नम्बर प्रदेशस्तरीय समिति पनि गठन भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर