Aamsanchar

जूम्रा परेको टाउको समृद्धिको टोपी र सुखी नेपाली अनुहार

Author Image
मङ्गलवार, फागुन ७, २०७५

राजन अधिकारी / हाल कतार

नेपाल सरकार को एउटा् खुब गतिलो नारा र अव्यवस्थित लक्ष्य हो। “समृद्ध नेपाल र सुखी नेपाली” ।। हुन त आम जनमानस को चाहना पनि त्यही हो। तर शुरूवात कसरी त? काहाँ बाट थाल्ने? एउटा् लथालिङ्ग घरमा एक थान हाइ- फाइ सोफा र एउटा् भित्तामा राम्रो रङ्ग लगाउदै मा त्यो महल हुदैन।

 
न्युजहरु हेरि सक्न्नु हुदैनन् देश का।

भ्रष्टाचार दिन २गुना रात ४गुना छ।

ब्लत्कार र अपराधिक गतिविधि त्यस्तै ।

मानव तस्करी तयस्तै ।

बिदेशी भुमिमा कार्यरत का रोधन र उनीहरुको दोहन त्यस्तै ।

बेरोजगार युवाको कथा त्यस्तै ।


यस्ता कयौं बेथिति र भयावह विचबाट पुर्ब पश्चिम रेल र Titanic को गाना बजाउनु भनेको जूम्रा परेको टाउको मा समृद्ध नेपाल् लेखेको झिल्के टोपी लगाइ दिनु जस्तै हो। अब जनता आफ्नो लिखा कन्याउन र पिडा कम गरुन् कि Titanic को गितमा नाचुन ? जति जति जूम्रा र लिखा ले रगत चुस्न थाल्छन् त्यति जनता पीडित हुन्छन् र उकुसमुकुस हुन्छन् त्यो पिडा पुर्व पश्चिम् रेल र Titanic का DJ (सरकार) सम्म पुग्दैन अनि समाजिक संजाल तात्न थाल्छ।

Titanic का मस्त DJ बिरोधाभाष गरि संजाल माथि खनिनु बन्द गर्ने बिज्ञपति जारी गर्नु टाउका को पिडा बोकेका जनता को सहन सिमा परकाषठा र सरकार को दुर्भाग्य हुदैन भन्न सकिन्न । हरेक किसिमका भेराइटि भेराइटि का जूम्रा को शोषण बाट बिचलित भयका जनता को दुख र क्रोध पोख्ने साधन अनि सरकार लाई सजक गराउने माध्यम हो सामाजिक संजाल ।

एअरपोर्ट मा जफत गरेका एक बोतल रक्सी ले न पानीजहाज चल्छ न त्यसले Wide Body का र अन्य भ्रष्टाचार को रकम नेपाल् भित्राउछँ। नत वेतुके logic less भासण सुन्न निर्मला पन्तको हत्यारा रेल चडेर आत्मसमर्पण नै गर्न आउछँ lयसले झन सरकारी छवि नकारात्मक असर पार्दैछ। जूम्रा हरु ले धेरै रगत चुस्दै छन। भ्रष्टाचार झाङ्गिदै छ। भरखरै मात्रै CNN ले समाचार बनाएको छ। हेडलाईन “The Government of corrupt politician इन नेपाल् “भनेर ।

सपना देखौँ र देखाउँ पनि तर टाउका भरी रगत चुस्ने लिख जूम्रा माथी समृद्धि को झिल्के टोपी धल्काएर हैन । पहिला जूम्रा मारौं फिहोरी राजनीति सफा गरौं जनता का पिडा अलिक कम गरौँ । अनि समृद्धि को झिल्के टोपी पहिराउँ ।। तय्सपछी त हामी मिलि नाचौलाँ न पुर्ब पश्चिम रेल र A Titanic को गित मा।।” समृद्ध नेपाल् र सुखी नेपाली” कुनै पार्टी गत नभै सबै नेपाली कै नारा र चाहान हो। अभियान देश भित्र बाट नै शुरु गरौँ।। 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)