Aamsanchar

न्यायाधीश दीपकराज जोशीले राजीनामा दिए

Author Image
मङ्गलवार, फागुन ७, २०७५

काठमाडौं,

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्।

उनले प्रधानन्यायाधीशमार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजीनामा दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएसँगै जोशी लामो समयदेखि घर बिदामा बसेका थिए।

जबरा प्रधानन्यायाधीश भएर आएपछि जोशीलाई इजलास तोक्न छाडेपछि जोशी घर बिदामा बसेका थिए। संसदीय सुनुवाइबाट अस्वीकृत भएका व्यक्तिले सर्वोच्च अदालतमा काम गरिरहेको भनेर कुरा उठेपछि जबराले जोशीलाई इजलास नतोक्ने घोषणा गरेका थिए।

जबराले जोशीलाई वरिष्ठ न्यायाधीशको मर्यादामा समेत राखेका थिएनन्। उनले जोशीले प्रयोग गर्दै आएको वरिष्ठ न्यायाधीशको च्याम्बर पनि खोसेका थिए। न्याय परिषद्मा पनि जोशीलाई बाइबास गरेर जबराले विभिन्न निर्णयहरू गराइसकेका छन्। जोशी सर्वोच्चमा इजलास पाउन छाडेपछि विदामा बसेका थिए।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पनि जोशी केही समय घर विदामा बसेर फेरि काममा फर्किएका थिए। तर, यसपाली भने उनले राजीनामा दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर