Aamsanchar

प्रकासको स्मृतिमा हिमालीमा मञ्च निर्माण

Author Image
मङ्गलवार, फागुन ७, २०७५

विनादे पाण्डे कमल

चारपाने फागुन ७ । मानिस जम्नन्छ अनि मर्छ यो सास्वत सत्यनै छ । केवल कोही छिटो र ठिलोमात्र मर्छन, संसारमा एकै दिन कयौ मानिस मर्ने गर्छन, मर्नेहरुको यो संसारमा त्यसै समय नाम र कृति विलएभएर जाने गरेको छ भने कतिपएको नाम र उसले गरेको कर्म समाजमा अमर बनेको पाईन्छ ।

मृतका परिवारले समाजमा मृतकको स्मृतिमा संसारका विभिन्न ठाउ“मा पुरस्कार, सम्मान स्थापना भौतिक चलअचल सम्पती समाजका लागि प्रदान गरेका कारण दिवंगत बनेको व्यक्तिकोे नाम र कर्मलाई सधै समजले स्मरण गरीरहेको हुन्छ ।

तिनै मर्नेहरुको संख्यामा विगत आठ बर्ष अघि इलाम कोलबुङका जुझारु युवा प्रकास आचार्य पिसी पनि परेका थिए । उनको झापा विर्तामोड नगरपालिका २ स्थित रामचोकमा सवारी दुर्घटनामा पनि मृत्यू भएको थियो । तर आज उनि मरेपनि अमर छन, उनि अमर बन्नुको कारण भने उनको स्मृतिमा स्थापना भएको संस्थाले बार्षिक रुपमा स्मृति सभा र पुरस्कार वितरण कार्यक्रम गरेको कारण हो । जस अनुसार यसबर्ष झापाको कनकाई नगरपालिका ८ हिमाली आधारभूत विद्यालयमा मंगलबार ८ औं स्मृति सभा सम्पन्न भएको छ ।

२०६७ साल फागुन ७ गतेका दिन अल्पआयूमै दिवंगत बनेका प्रकासको स्मृतिसभाकै क्षणमा उनका माता पिता जसोदा आचार्य र चुडामणी आचार्यले ६१ हजार ५ सय रुपैयामा मञ्च निर्माण गरेर विद्यालयलाई हस्तान्तरण समेत गरेका छन ।

मञ्च हस्तान्तरण कार्यक्रममा झापा रेडक्रस शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशेष अतिथी कनकाई –८ का वडा अध्यक्ष प्रेम कटुवाल, आचार्य बन्धु केन्द्रिय समितिका अध्यक्ष दिनेश आचार्य, वडा सदस्य सुनिता सिग्देल, ईन्द्रबहादुर राई, लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष नेत्र नेपाल, युवराज चुडाल, हरी आचार्य, केदार चुडाल, घनश्याम दाहाल, यम विमली लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा दिवंगत आचार्यको जीवनी बाचन र स्वगात मन्तव्य छविलाल लम्सालले राखेका थिए । कार्यक्रमको संचालन शिक्षक चित्रकला ओलीले गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)