धर्तीमा स्वर्ग खोज्दै जाँदा रारामा पाए

विनोद पाण्डे /आमसंचार

सहजै पुग्न सकिने धर्तिको स्वर्ग रारा हेर्ने चाहाना बर्षौदेखि भएपनी बिभिन्न व्यस्तताले जान रोक्दै आएको थियो । चाहाना भएर मात्रै रहर पुरा हुँदैन । संभव हुनेखालका चाहानाहरु पुरागर्नका लागि वातावरण निर्माण हुन आवश्यक पर्छ सोही अनुरुप २०७५ सालको अन्त्यमा रारा जाने वातावरण जुर्यो ।
मिति २०७५ साल चैत्र २२ गते विर्तामोडवाट राराको लागि हाम्रो ९ सदस्य टोली स्थलमार्ग हुदै रारा यात्राका लगि अघिबढेको थियो ।

जहिलैको काम अनि धुलोधुवा युक्त वातावरणवाट सिथिल बनेको शरिर अनि सधैजसो व्यवहारक तनावको दैनिकी बाट सुटुक्क फुर्सद मिलाएर भ्रमण वा यात्रामा निस्कनु भनेको पिजडामा थुनेको पन्छीले उन्मुक्ति पाउनु समान हो । त्यसैले पनि हामि सबैको मुहारमा उत्साहा थियो । चमक थियो । रारा हेर्ने अभिलासा मनभरी संगाल्दै उडान भरेको चरा झैं बनेका थिए । पहिलो दिन रमणिय स्थल कोशी व्यारेक, हेटौडा, नारायणगढ, बुटवल हुदै बास बस्न हामि रातसा“झहुदै भालुबाङ पुग्यौ त्याहा“ पुग्दा प्राय होटल बुक भईसकेको रहेछ करिव एक घण्टा यता उता होटल खोजीमा भौतरिएर एक होटल फेला पारेर त्यो रात निन्द्र देवीलाई दिन सक्यौ ।

रारा गन्तव्य नै उच्चतम सफता ठानेको हाम्रो टोली २३ गते विहान ४ बजे नै पुःन यात्राकालाई निरन्तरता दिदै बाकेको कोहलपुरवाट ८६ किलो मिटरको दुरीमा पर्ने कर्णाली पर्देश सुर्खेत जिल्लाको सदरमुकाम विरेन्द्रनगर मा खाना खाएर अझ उच्च पहाडी क्षेत्र तर्फ हाम्रो यात्रा अघि बढयो बढो उल्लासम वातावरण बनाएर विभिन्न उखान तुक्का र गीत गाउदै उकालो लाग्यो हाम्रो टोली ।

सुर्खेतदेखि झन्डै २९ किमि उत्तर पश्चिमको दैलेखको यात्रा थियो । सुरुमै चिसोले स्वागत गर्यो । सबैले उनीका टोपी लगाए । ज्याकेट थपे । सुर्खेत देखि जुम्ला सम्मको २ सय ३६ किलोमिटर जतिको यात्रा बाँकी नै थियो । त्यता झनै चिसो हुने निश्चित थियो ।

सुर्खेत देखि दैलेखको राकम बजारमा पुग्दा झमक्कै अध्यारो भई सकेको थियो । सो ठा“उवाट २० किलो मिटर अगाडी दहीखोलामा गएको पहिरोको कारण ३ दिन देखि यात्रा रोकिन बाध्य बनेका सयौ पर्यटकहरुको बा“स पनि राकम नै बनेको कारण राकम बजारका समिति होटल लजहरु पनि भरीएका रहेछन पहिरो हाम्रो लागि सजाए झै बन्यो त्याहा“ पनि होटलको खोजीमा हामिले धेरै दुख पाउनु पर्यो वल्ल तल्न एक होटल फेला पर्यो त्यसमा पनि एक वटामात्र कोठा, हामि तिन परिवार थियौ । समय र परिवेशले सो रात तिन परिवारलाई एक परिवार बनायो हामी सबै एकै कोठामा सुतेर रात काट्यो ।

२४ गते विहानी सुरु भइसकेको थियो । स्थानिय नगरपालिकाले परिरो खुलाउने प्रयत्न गरिरहेको बुझेर सुतेका हामी खुसीहुदै होटलवाट तलझरी बाटोको अबस्था बुझदा पहिरो हटाउने धेरै प्रयास गर्दा गर्दै यात्रीक स्काईभेटरमा आएको खरावीको कारण बाटो खुल्न नसकेको थाहा“ पाउदा हामि निकै निरास बन्न पुगेका थियौ तर हामि त एक दिनमात्र जाममा पर्दै थियौ अरु कयौ यात्रीहरु तिन दिनदेखि राकममै बास भएको सुन्दा मनलाई चित्त बुझाउन अलि सजिलो भएको थियो ।

त्यो दिन भरी पनि बाटो खुलाउन कालीकोट वाट आएको स्काईभेटरले बाटो खुलाउने प्रयास भयो तर सफलता प्राप्त हुन नसेकेपछि हामी सो रातपनी राकममै बास बस्यौ अघिल्लो दिनकै जसरी । भोली पल्ट झिनो आशाका साथ उठेका हामिमा एक्कासी खुशीयाली छा“यो छाउनुको कारण थियो पहिरो हटेको खबर ।
त्यस पछि बिहानको नास्ता गरेर निकै सा“घुरो बाटोको यात्रा पारगर्दै हाम्रो यात्रा दहीखोलाको पहिरोलाई कुल्चदै कालीकोटको सदरमुकाम मान्मा बजार, टाकुल्ला, खल्लाघाट हुदै हामी टिला नदीको तिरै तिर जुम्लामा पर्ने माग्मा बजारमा पुगेर दिउसोको खाना खायौं । त्याहा“ मार्सी चामलको भात र च्याग्राको मासु पर्खात रहेको पाईयो ।

खाना पछि हाम्रो यात्रा अझ जोखिम थियो तर यात्रालाई सहज मान्दै रारा पुग्न उत्साहित हुदै यात्रा अघि बढदै जा“दा पहाडका बान्की परेका उकाली वराली र तल निलो पानीमा बग्ने नदी सा“च्चिकै वर्णन गरेर साध्य नै थिएन । तारे भिरहरु देखेर झ्याल तिर नबस्ने बताउ“थे केही साथीहरु। तर, मलाई भने त्यहा“को प्रकृति संग साक्षात्कार हुने अभिलाशा थियो ।
सिंजा उपत्यका हु“दा हु“दै हिमा नदीको तिरै तिर उत्तर पश्चिमको यात्रा सुरु भयो । ९३ किलोमिटरको नाग्मा–गमगढी सडकखण्ड पार गर्न हामीलाई लगभग ५ घन्टा लाग्यो ।
पछि परेको कणाली प्रदेश वासीका दुःखका बारेमा धेरै समाचार र भिडियो हेरेको थिए तर अहिले ति दुःखहरु क्रमस् सुख तर्फ लम्कदै गरेको पाए त्याहा“ पर्यटकको आवगमनले फस्टाएको आर्थिक कारोवार र सुचना प्रविधीले देखाउन थालेको विश्व हेरेर, बुझेर होला त्याहा“को जीवन शैली आधुनिक बन्दै भएको पाए ।


पाहाड संगै हिमालले स्वागत गरिरहेको दृष्य हेर्दै फोटो खिच्दै हाम्रो यात्रा अझ माथी मुगुको ताल्चा विमान स्थल सम्म पुगेर २७ गते बा“स बस्न पुग्यौं । पहाडी हिमाली दुर्घम क्षेत्र खान बस्न खर्चिलो बन्ने गरेको पूर्व क्षेत्रका पाहाडी हिमाली क्षेत्रको तुलनामा विकट कर्णाली प्रदेशमा भने महंगी थिएन । कोठा भाडा रातभरको एक व्यक्ती सय रुपैया र मार्सी भात, दाल तरकारी दुई सय रुपैया ।

भोली पल्ट बिहानको झिसमिसेमै सबैका आँखा रारा हेर्न आतुर थिए । त्यसैले सबै साथिहरु पहिला उठ्ने तयारीमा थिए । त्यो दिन म पा“चबजे व्यूझिँए ।

चट्टान काटेर बनाइएको सा“घुरो सडकमा यात्रा गर्नु जोखिम त थियो नै । तर, संगै त्यहा“को भूबनावट र सुन्दरताले मन लोभ्याइरहेको थियो । उल्लेखित दृष्यावली नियाल्दा लागेको थियो कि , नेपालको शासकीय मानसिकतामा ‘कर्णालीमा ढिलो नजर किन परेको होला ।
गमगढीको ताल्चा पुग्दा नै रारा पुग्ने धेरै अघिको सपना बल्ल साकार भएको थियो लागेको थियो । नेपालका सुविधा सम्पन्न शहर बजार देखि हरेक दृष्टिकोणले निकै टाढा देखिने कर्णालीलाई सुर्खेत–दैलेख–कालिकोट–जुम्ला कर्णाली राजमार्गले भौगोलिक रुपमा जोड्ने काम गरेको छ । यो सडक निर्माण नेपाली सेनाले गरेको थियो ।

नेपाली सेनाले पहाड फोडेर यसरी सडक वनाएको कथा सुन्दा लाथ्यो कि नेपाली सेना जतिको योगदान राष्ट्रमा कसैको छैन । त्यही राजमार्गले गर्दा नै आज साना ठुला सवारी नाग्मा कालिकोट–गमगढी ,मुगु सम्म यात्रा गर्न सजिलो भएको छ । अझ भनौं धर्तीको स्वर्ग अर्थात रारा ताल हेर्ने धेरैका सपनालाई साकार पारिदिएको छ ।


धेरैले हामीलाई गाडीबाट ओर्लिएपछी राराको दर्शन गर्न तीन देखि चार घन्टा हिड्नुपर्छ भनेका थिए । तर, हामी एक घन्टाको हिंडाइपछि रारा पुग्यौं घोडामा सवार गरेर आधा घण्टैमा रारा पुगिदो रहेछ ।

घोडामा गएको म जंगल भित्रवाट रारा च्याएर हेर्ने कोसिस गरिरहेको थिए मैले जंगल विचवाटै (टाढैवाट) राराको दिव्य र मोहोनी रुप देखे । नशालु र निलो आ“खा देखे । एक छिन टक्क घोडा अडियाएर उनको भव्य दिव्य रुप निलाल्न खोजे । मन निकै अधैर्य बन्यो । छटपटाहट बढ्यो । कौतुलहता भएको थियो । रारा हेर्ने । र जब आ“खै अगाडि साक्षात रुपमा रारा देखे शरिरमा एक किसिमको कम्पन उत्पन्न भयो । मलाई विश्वास गर्न मुस्किल परिरहेको थियो । वा प्रकृतिको यति सुन्दर रुप नेपालमै छ भनेर ।

मानसपटलमा सजिएको राराको जीवन्त दृष्यले चार दिनको कष्ट पूर्ण यात्राका सबै दुःख कष्टहरु त्यसैमा विलिन बने । त्यसपछि मनमा राराको सुन्दर स्वरुपले आत्मियता प्रदान गर्न थाल्यो । मलहम पट्टी लगाउन थाल्यो । राराको अटल, स्वच्छ र सुन्दर, गाढा निलो रुपले मोहित तुल्यायो । केही क्षणका लागि मैले दुनिया विर्सिएको थिए ।

कतिपएले भने श्रीमति र परिवारसंग आउनु उत्तम हुने विचार व्यक्त गरेका थिए । जीवनको खुसी र त्यो जस्तो ठूलो सन्तुष्टि सायदै अरु क्षण हुनेछैन भनेर परिवार नलिकन जानेहरु पस्चातापको आवाज मेरो कानमा गुन्जीदै पनि थियो ।

जानकारहरुका अनुसार राराको शुन्दरता नियाल्ने उपयुक्त समय कि त असोज कात्तिक कि त चैत बैशाख नै हो । हामीपनि चैत्र मै रारा पुगेका थियौं । रारा पुगेपछि नै सबैले मोवाईल र क्यामेराहरु बाट त्यसको दिव्य स्वरुप भटाभट कैद गरेका थिए । आकासका निलो आकासले रारा रंगिविरंगी भएको थियो । तालको पानीले चारैतिरका हिमाललाई ऐना जस्तै गरी देखाउदै थियो, वेलावेला बादलले ठाकेर ताल सेताम्मे हुन्थ्यो । विभिन्न रङहरु फेरि रहेको थियो । चराहरुले डुविल्कि मारिरहेका थिए । छालहरुले किनारा चुमिरहेका थिए, हिउ पग्लेर झरेका र्धर्धरे कुरोहरु कल्कलाई रहेका थिए ।

समुद्री सतहबाट २९९० मिटर उचाईमा रहेको यो ताल नेपालकै ठूलो र गहिरो ताल हो । रारा निकुञ्जको सबैभन्दा आकर्षणको केन्द्र भनेकै रारा ताल हो । यो ताललाई विश्व सिमसार क्षेत्रमा सूचिकृत गरिएको छ र स्वच्छ मूलबाट आएको पानी नै यहाँको मुख्य विशेषता हो । १५८३ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालको चौडाई २.७ किलोमिटर रहेको छ भने लम्बाई ५.१ किलोमिटर रहेको छ । अनि तालको अधिकतम्म गहिराई १ सय ६७ मिटर मापन गरिएको छ ।

यो तालको वरिपरी सिमसार क्षेत्र रहेको छ र यहाँको वनमा विभिन्न किसिमका दुर्लभ बन्यजन्तु, चराचुरुंगीहरु पाइन्छ । त्यस्तै बनस्पति र फूलहरु पनि उल्लेख्य मात्रामा पाइन्छ । एक हजार भन्दा धेरै जातका बनस्पति, फूल तथा जडिबुटीहरु पाइन्छ भने ५१ थरिका स्तनधारी जनावर तथा २१४ जातका चराचुरुंगीहरुको बसोबास रहेको क्षेत्र हो रारा राष्ट्रिय निकुञ्ज । यस हिसाबले उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाइने जैविक विविधता यहा“ पाइन्छ ।

धर्तिको स्वर्ग हेर्न एक पटक मेरो सबैमा आग्रह छ । हामी राराको यही सुन्दरतालाई क्यामेरामा कैदगर्दै ,मानसपटलमा सजाउ“दै टोलीमा गएका मेरा मित्रहरु लोकेश अधिकारी, मनोज श्रेष्ठ उहाँहरुका जीवनसाथी विमला अधिकारी, तारा श्रेष्ठ, छोराहरु हेमन अधिकारी, असिम श्रेष्ठ, छोरी आईसा श्रेष्ठ र मेरो जीवन साथी पवित्रा सिटौला पाण्डे फर्कियौं । समय अभावले हामिलाई रारा संग धेरै रमाउन दिएन करिव २ घण्टा राराको काखमा बसेर फर्किन बाध्य तुल्यायो । फेरि,समय मिले बाँकी सौन्दर्यलाई अर्काे पटक नियाल्ने धोको कायमै छ । फर्किंदा बाटो भरि मन र मस्तिष्कहरुमा धर्तीकी उनै रानी राराका यादहरु ओहोर दोहर गरिरहेका थिए । र हालसम्मपनि राराको शुन्दरता आखामा झलझली आईरहेको छ, सायद जीवन भरी रारा संग लागेको मोहोनी छुटन सक्दैन होला ।

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com