Aamsanchar

भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री निधिबीच भेटवार्ता

Author Image
शनिवार, भदौ ४, २०७३

काठमाडौंः 

modi-and-bimalendra-nidhi-57b80df12e2638.79356818

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री मोदीसँग शनिवार बिहान उपप्रधान तथा गृहमन्त्री निधिले भेटवार्ता गरेका हुन्। विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारतीय प्रधानमन्त्री मोदीसँग गृहमन्त्री निधिले भेटवार्ता गरेको पुष्टि गरेका हुन्। भेटवार्तामा मोदी र निधिबीच भएको कुराकानीबारे भने केही खुलाइएको छैन।

भेटमा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र पनि हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा गृहमन्त्री निधि बिहीबार भारत पुगेका हुन्। उनले यसअघि भारतीय राष्ट्रपति प्रणब मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरिसकेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर