Aamsanchar

फुटबलको उपाधि पथरीया उच्च माविलाई

Author Image
बिहिवार, जेठ २, २०७६

कचनकवल ।

प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुदअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि पथरीया उच्च माविले जितेको छ । कचनकवल–३ को पथरीया उच्च माविले सोही वडाको विद्या वाणि बोर्डिङ स्कूललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसँगै पथरीयाले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विद्या वाणिले १५ हजार नगद, शिल्ड र प्रमाणपत्र हात पा¥यो । विजेता तथा उपविजेतालाई झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य एवम् राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी लगायतले पुरस्कार प्रदान गरे ।

फुटबल प्रतियोगितामा गाउँपालिकाभरिका ११ वटा विद्यालयले सहभागिता जनाएको कचनकवल खेलकुद विकास समितिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका ७ वटा निजी तथा ४ वटा सामुदायिक विद्यालयले फुटबल प्रतियोगितामा सहभागिता जनाएका हुन् । पथरीया उच्च माविको खेलमैदानमा भएको प्रतियोगिता २५ वैशाखबाट सुरु भएको थियो ।

प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुदअन्तर्गत फुटबलसँगै कराते प्रतियोगितासमेत गराइएको थियो । प्रतियोगितामा कचनकवल विद्या मन्दिर, विद्या निकेतन र होली फिल्ड गरी तीनवटा विद्यालयले सहभागिता जनाएको कराते प्रशिक्षक श्याम राईले जानकारी दिए । प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ५ कास्य जित्ने कचनकवल विद्या मन्दिर तथा अन्य विधाका विजेता खेलाडीलाई समेत पुरस्कृत गरियो ।

केही दिनभित्रै क्रिकेट प्रतियोगितासमेत गर्ने तयारी रहेको कचनकवल खेलकुद विकास समितिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर