Aamsanchar

विश्वकप क्रिकेट खेल्ने १० अनुभवी खेलाडी

Author Image
सोमवार, जेठ ६, २०७६

एजेन्सी

३० मे देखि इंग्ल्याण्डमा आयोजना हुन लागेको विश्वकप क्रिकेटमा युवा खेलाडीहरुकै बाहुल्यता रहेको छ । तर केही अनुभवी तथा पाका उमेरका खेलाडीहरु पनि यो विश्वकप खेल्दैछन् । सबैभन्दा पाका खेलाडीको रुपमा इमरान ताहिर, क्रिस गेल, महेन्द्रसिंह धोनी र शोयब मलिक रहेका छन् ।
माथि नाम उल्लेख गरेका खेलाडीहरु ३५ वर्ष भन्दा बढीका हुन् । सामान्यतया ३५ वर्ष भन्दामाथि खेलाडीहरुले आफूलाई ‘फिट’ राख्न चुनौती नै हुन्छ । तर क्रिस गेल, इमरान ताहिर, महेन्द्रसिंह धोनी जसता अनुभवि खेलाडीहरु अहिले पनि उत्कृष्ट फर्ममा रहेकाले आसन्न विश्वकप युवाहरुका बीचमा अनुभवी खेलाडीको समिश्रणले झनै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । आसन्न विश्वकपलाई क्रिस गेल र महेन्द्रसिंह धोनीले अन्तिम विश्वकप भनेकाले उनीहरुको प्रदर्शनमा पनि सबैको ध्यान केन्द्रित हुने छ ।
१० अनुभवी खेलाडीहरु

१. क्रिस गेल
वेस्टइन्डिजका क्रिस गेल ३९ वर्ष २१६ दिनका छन् । उनले २८९ खेलमा १० हजार १ सय ५१ रन बनाएका छन् । उनले १९९९ मा भारतविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

२. शोयब मलिक पाकिस्तानका शोयब मलिकको उमेर ३७ वर्ष ७६ दिन छ । उनले २ सय ८२ खेलबाट ७ हजार ४ सय ८१ रन बनाएका छन् । उनले १९९९ मा वेस्टइन्डिज विरुद्ध डेब्यू गरेका थिए ।

३. जीवन मेन्डिस
श्रीलंकाका जीवन मेन्डिसको उमेर ३६वर्ष ९३ दिन छन् । उनले जम्मा ५४ एकदिवसीय खेल खेलेका छन् भने उनले ६०४ रन बनाएका छन् । उनले २०१० मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।

४/ हाशिम अमला
दक्षिण अफ्रिकाका हाशिम अमलाको उमेर ३६वर्ष १८ दिन छ । उनले १७४ एक दिवसीय क्रिकेटमा ७ हजार ९ सय १० रन बनाएका छन् । अमलाले २००८ मा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए ।
५।.शन मार्स
अस्ट्रेलियाका शन मार्स ३५ वर्ष २८० दिनका छन् । उनले ७१ खेलमा २ हजार ७ सय ४७ रन बनाएका छन् । उनले २००८ मा वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका थिए ।

६. लासिथ मालिंगा
श्रीलंकाका लासिथ मालिंगाको उमेर पनि ३५ वर्ष २३३ दिन पुगेको छ । उनी बलर हुन् । २१८ खेलबाट मालिंगाले ३सय २२ विकेट लिइसकेका छन् । उनले यूएईविरुद्ध २००४ को एशिया कपमा डेब्यू गरेका थिए ।

७. मशरफे मुर्तजा
बंगलादेशका मशरफे मुर्तजाको उमेर ३५ वर्ष १९३ दिन रहेको छ । उनले २०५ खेलबाट २५९ विकेट लिन सफल भएका छन् । मुर्तजाले २००१ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।

८.रस टेलर
न्यूजील्याण्डका रस टेलरले पनि ३५ वर्ष काटि सकेका छन् । उनको उमेर ३५ वर्ष २६दिन रहेको छ । २ सय १८ खेलबाट ८ ह जार २६रन जोडेका छन् । २००६मा वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेका थिए ।

९. इमरान ताहिर
दक्षिण अफ्रिकाका इमरान ताहिरको उमेर ४० ववर्ष २३ दिन रहेको छ । उनले ९८ खेलबाट १६२ विकेट लिइसकेका छन् । २०११ मा उनले वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेका थिए ।

१०.महेन्द्र सिंह धोनी
भारतका महेन्द्र सिंह धोनी ३७ वर्ष पुगि सकेका छन् । १५८ एक दिवसीय क्रिकेटबाट धोनीले १० हजार ५ सय रन बनाएका छन् । उनले बंगलादेशविरुद्ध २००४ मा डेब्यू गरेका थिए ।

यो रेकर्ड भने तोडिएन 
क्रिकेटमा यसअघि ३० वर्ष देखि माथि लागे पछि अधिकांश खेलाडहरु रिटायर्ड हुन गर्थे । तर अहिले अवस्था फेरिएको छ । अनुभवि खेलाडीहरुको प्रदर्शनले युवा खेलाडीहरुलाई पनि थप फाइदा पुग्ने भन्दै केही खेलाडीहरुलाई मौका दिन चलन छ ।
अहिले ४० वर्ष कटेका इमरान ताहिर आउँदो विश्वकपका सबैभन्दा बढी उमेरका खेलाडी हुन् । तपाईलाई थाहा छ, ४७ वर्षको उमेरमा पनि विश्वकप खेलेका छन् । ती हुन् नेदरल्याण्डका नोलान क्लार्क उनी १९९६ को विश्वकप खेल्दा ४७ वर्ष २५७ दिनका थिए । उनी नै अहिलेसम्मकै सबैभन्दा बढी उमेरका विश्वकप क्रिकेट खेल्ने खेलाडीको सूचीको पहिलो नम्बरमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर