Aamsanchar

आज सोमबार शिव भगवानको पुजा गर्ने पद्धती र महिमाबारे जानकारी राखौं ।

Author Image
सोमवार, जेठ २०, २०७६

ज्योतिषको अनुसार, सोमबार अर्थात आजको दिन भगवान शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो,यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।

त्यसैले आज हामी तपाईलाई जानकारी गराउँछौं कसरी भगवान शिव शंकरलाई खुःशी बनाउँने । हो तपाईं यो पाँच कुराहरु हरेक हप्ताको सोमबार सजिलै गर्न सक्नुहुन्छ र चाँडै तपाईंमाथि भगवान शिवको अनुग्रह प्राप्त हुन सक्छ । आजको दिन भगवान शिवको यसरी गर्नुहोस उपासना तपाईको हर मनोकामना पुरा हुनेछ ।

क, आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता नगर्नुहोस । एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ । आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुन्छ ।

ख, हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । तपाईले कुन भगवानको पुजा अर्चना गर्दै हुनुहुन्छ त्यसका बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा भनिएको छ । भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस ।

ग, भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । यो सबैबाट तपाईलाई भगवानप्रति आस्था राखेवापत्त वा भगवानको उपासना गरेको कारण तपाईमाथि भगवानको कृपा रहन्छ र तपाईले जस्तोसुकै परस्थितीको पनि सहजै सामना गर्न सक्नुहुन्छ । त्यसैले भगवान शिवलाई तपाईले इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सक्नुहुन्छ । जसले तपाईको जीवनमा सकारात्मक असर गर्नेछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ ।

घ, भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो । जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ । यो विश्वास छ कि भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नाले तपाईलाई एकदमैं छोटो समयमा नैं लाभ मिल्न सुरु हुन्छ ।

ङ, अन्त्यमा,तपाईले भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नु भयो भने तपाईले त्यस समस्याबाट छिट्टै मक्ति पाउँन सक्नुहुन्छ । त्यस्तै,तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ । यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर