Aamsanchar

बिर्तामाोडको कनकाई हस्पिटल तोडफोड, प्रहरी द्वारा टियर ग्यास र लाठी प्रहार

Author Image
आइतवार, जेठ २६, २०७६

बिर्तामोड,जेठ २६ ।

झापाको विर्तामोड स्थित कनकाई हस्पिटल तोडफोड भएको छ ।
उपचारकालागि ल्याइएकी युवतीको मृत्युपछि अस्पतालमा तनाव भएको थियो । सुर्योदयन गरपालिका ९ फिक्कलबाट बर्ष २१ की देविका तामाङलाई गत बुधवार एपिन्डीको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङले बताएका छन ।

तर आइतवार आज विहान सम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य भन्दै बिरामी राखेको तर आज विहान ८ बजे अचानक डाक्टरले विरामीको अवस्था अलिक खराव भयो , विराटनगर लैजानु भनेको भनेपछी कनकाई हस्पिटलकै एम्बुलेन्समा विराटनगर नोबेल अस्पताल पुग्दा डाक्टरले विरामी मरिसकेको बताएको पिता दावाले बताए ।

अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै राखेर प्रर्दशन गरिरहेका छन । बार्ता द्वारा समस्याको समाधान खोज्ने क्रममा अस्पताल प्रसासन र पिडित पक्ष आ आफेना कुरा राख्ने क्रममा अस्पिटल बारिर जम्मा भएको भिडबाट ढुंगा प्रहार हु“दा अस्पिटलका सिसाहरु फुटेको छ भने केही व्यक्ति घाईते पनि भएका छन ।

यो समाचार तयार पारुन्जेल सम्म भिड नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्यास र लाडी चार्च गरेर बाहिरको भिडलाई तितरवितर पारेको छ ।  हाल कनकाई हस्पिटलको अवस्था अझ तनावग्रस्त रहेको देखिन्छ । हाल कनकाई हस्पिटलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर