बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा भारतबाट अवैध रुपमा नेपाल भित्रियाइएको लाखौं मूूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बलका प्रहरीहरूले बरामद गरेका छन् ।
आज (मंगलबार) मेचीनगर–७ सालघारी, गैरिगाउँ सीमा इलाका, ९प्रस्ताबित० सी।सु। गुल्म काँकरभिट्टामा कार्यरत प्रहरी नायब उपरीक्षक राजनराज श्रेष्ठको कमान्डमा खटिएको २५ सदस्यीय प्रहरी टोली उक्त अवैध कपडाहरू बरामद गरेको सशस्त्र प्रहरी गण भद्रपुरले जनाएको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याएको सामानहरू नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र भन्सार कार्यालयको सहयोगमा अन्दाजी मूल्य रु ३८ लाख बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरीले आमसंचारलाई जानकारी दिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63