

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य भोलिदेखि सुरु गरिने भएको छ। आजदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले भोलिदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दा भिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Views: 12


