Aamsanchar

स्वस्थ जीवनकोलागि बिमली दम्पतीको काम उदाहरणिय

Author Image
आइतवार, असार १, २०७६

विनोद पाण्डे

मानिसको आआफ्नै जीवन जीउने तरिका हुन्छ, कोही केही नगरेर विताउछन त कोही पैषा मात्र कमाउने ध्याउनतमा लाग्छन भने कोही कमाएको सम्पतीलाई सुखद जीवन यापनको लागि खर्च गर्छन । अझ बढदो सहरी चाँपलाई हेर्ने हो भने भएको जमिन खाली नराखी भौतिक संरचना बनाएर आय आर्जनको बाटो रोज्छन धेरैले, अनि बजारका बिषाधी युक्त फलफुल सागसब्जी किनेर खान्छन। कतिपयले भएको जमिन खाली बाँझो राखेर बस्छन । तर झापा विर्तामोडका एक प्रतिष्ठित व्यापारी ओमकृष्ण विमली र श्रीमती पार्वता बिमली परिवारको जीवन जीउने तरिका आममानिसको भन्दा फरक छ ।

बिर्तामोड शहर मुख्य राजमार्गवाट करिव दुई सय मिटर दुरीमा रहेको उनिहरुको घर घडेरी हेर्दा कुनै रिसोर्ट जस्तो लाग्छ, जतात्यतै हरियाली शान्त वातवरण बनाएका छन बिमली दम्पतीले ।

घर सहित ७ कट्ठा क्षेत्रफल रहेको यो ठाउँ व्यवसयिक दृष्टीले वरीपरी सटर बनाउनु हो भने मासिक २ लाखभन्दा धेरै आम्दामी हुन्छ तर हामलिाई पैषा मात्र हैन आनन्द चाहिन्छ त्यसैले बरबगैचा लगाएका हौं भन्छन विमली दम्पती ।

५ बर्ष यता देखि यस स्थानमा बसोबास गर्न सुरु गरेका बिमली परिवारको बारी बगैंचामा अहिले सय भन्दा धेरै जातका फलफुल तरकारी फलिरहेका छन । देश विदेश गाउँ जंगलमा हुने फलहरु अहिले लटरम्म फलिरहेका छन भने कति फल फलिसकेर खाई सकिएको छ, कति फुल्ने, फल्ने क्रममा छन। बिर्तामोड नगरपालिका वडा नं. ५ कोहेड मार्गमा चारै तिर कंक्रिटले भरिएर प्राकृतिक शुन्दरता हराएको अवस्थामा ओमकृष्णले बनाएको हरियाली वातवरणमा अहिले २५ देखि ३० प्रजातीका चराहरुको आहारा खाने र बास बस्ने स्थान पनि बनेकोछ ।


व्यवसायमा क्रियाशिल दम्पती समाज सेवामा पनि उत्तिकै तल्लीन छन् स्थानिय विभिन्न साना ठुला संघसंस्थामा आवद्ध हुदै आएका ओमकृष्ण नेपाल अलैची व्यवसायी महासंघका निवर्तमान महासचिव हुन भने पार्वता बिर्तामोड उद्योग बाणिज्य संघकी उपाध्यक्ष हुन, व्यवसाय र सामाजिक सेवा गरेर बचेको समय बोट बिरुवाको हेरचाहाँमा आफै लागि पर्छन, उनिहरुले यसै सिजनमा ५० किलो कुरिलो, १०० किलो भन्दा धेरै लिच्ची, दुईवटा घारवाट मह उत्पादन गरेर खाई सकेको बताउछन ।

अहिले आप, लिची, मेवा, पहाडे अम्बा, सरिफा, टाकीफुल, फडिर, कागती, दारिम, कटहर, केरा, सुपारी, ज्यामिर, आट, एवोकाडो, अलैची, सुन्तला, काजु, चिकु, मुन्तला, अमला, बढर, उखु, किवी लगायतका फलहरु फलिरहेका, फुलिरहेका र फल्ने क्रममा छन । त्यसैगरी तामा, कुरिलो, सजिना, फर्सी, भिन्डी, करेला, तेजपत्ता, ल्वाङ, अकबरे खोर्सानी, बोडी, काक्राँ लगायत दुई दर्जन भन्दा धेरै तरकारी लगाईएको छ । त्यसैगरी ५० भन्दा धेरै फुलहरु रोपिएको छ ।

आगामी दिनमा काफल, खुर्पानी, हलुवावेद, स्याउ, खजुर रोप्ने सोचमा छन् ओमकृष्ण । उनकोमा फल, सागसब्जी, फुल देखि बाहेक मुरलीबाँस, विगतका बर्षमा वीरता जेसीजले दिएको रुद्राक्ष, नगरपालिकाले दिएको मेवा, सहारा नेपालले वितरण गरेको कागतीलाई राम्ररी हुर्काएका छन् ।

फोटो फिचर पनि हेर्नुहोस् ।

लिची टिप्दै ओमकृष्ण बिमली

कुरिलो टिप्दै पार्वता बिमली

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर