Aamsanchar

गणेश भगवानको नामको अर्थ । सेयर गरेर सबैलाई जानकारी दिउँ ।

Author Image
सोमवार, असार २, २०७६

सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण:  ईश मिलेर बनेको हो । जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।

मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार पारिएको २१ तथा १०८ वटा तिलको लड्डु र २१ सुते बत्ती बाल्ने प्रचलन छ, लड्डु गणेश भगवानको सबैभन्दा मन पर्ने खाने कुरा हो । गणेश भगवानलाई प्रशन्न पार्न तिलको लड्डु, दुबो चढाउने प्रचलन छ ।

मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन ?
परंपरागत भनाइृको आधारलाई मान्दा वा शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।
कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । 

मंगलबारको दिन गर्न नहुने ५ काम

१, मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२, मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३, मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४, मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५, मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)