Aamsanchar

फेसबुकमा फ्रेण्ड रिक्वेस्ट अस्विकार गरेको तत्काल थाह पाइने

Author Image
बिहिवार, वैशाख २, २०७३

Facebook-Friend

तपाइँले फेसबुकमा धेरै जनालाई फ्रेण्ड रिक्वेस्ट पठाउनुभएको होला । फ्रेण्ड रिक्वेस्ट पठाएका मध्ये धेरैजना साथी बनिसकेका होलान् तर कोही भने रिक्वेस्ट पठाएको लामो समय भैसक्दा पनि अझै साथी बन्न बाँकी होलान् ।

तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट कुन कुन व्यक्तिले स्विकारेका छैनन्, के तपाइँलाई जानकारी छ ?

हो, हामीले धेरै मानिसलाई फेसबुक साथी बनाउनका लागि अनुरोध पठाएका हुनसक्छौँ र को चाहीँले एक्सेप्ट गरेको छैन भन्ने कुरा बिर्सिन्छौँ ।

कसैले तपाइँको रिक्वेस्ट अस्विकार गर्यो वा लामो समयसम्म पनि स्विकार गरेन भन्ने कुराको जानकारी फेसबुकले आफै नदिने भएकाले यस्तो समस्या हुन्छ । तर यदि अलिकति दिमाग चलाउने हो भने तपाइँले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

कसले तपाइँको फ्रेण्ड रिक्वेस्ट नजरअन्दाज गर्यो र कसले तपाइँको अनुरोधलाई अस्विकार गर्यो वा हटाइदियो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले ब्राउजरमा गएर आफ्नो फेसबुक अकाउण्ट लगइन गर्नुहोस् । प्रोफाइल खोल्नुहोस् र त्यहाँ रहेको फ्रेण्डस् भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाइँले आफ्नो फेसबुकको फ्रेण्ड लिस्ट देख्न सक्नुहुन्छ । त्यहाँ माथि तपाइँले Friend Request नामक ट्याब देख्न सक्नुहुन्छ । सोही ट्याबमा क्लिक गर्नुहोस् ।

Friend Request ट्याबमा क्लिक गर्ने बित्तिकै नयाँ पेज खुल्नेछ । त्यसमा तपाइँलाई कस कसले फ्रेण्ड रिक्वेस्ट पठाएका छन् भन्ने सूचि आउनेछ ।

त्यहाँ नै तपाइँले View Sent Request नामक अप्सन पनि देख्नुहुनेछ । सोही अप्सनमा क्लिक गर्नुहोस् । क्लिक गर्नासाथ तपाइँले आफुले फ्रेण्ड रिक्वेस्ट पठाएका तर अहिलेसम्म एक्सेप्ट नगरेका वा तपाइँको रिक्वेस्ट इगनोर पनि गरि नसकेका मानिसहरुको प्रोफाइल देख्नुहुनेछ ।

तपाइँले पठाएकोफ्रेण्ड रिक्वेस्ट कसैले रिजेक्ट अर्थात् अस्विकार गरेको पनि हुनसक्छ । यो पनि पत्ता लगाउन सकिन्छ ।

यदि तपाइँले फ्रेण्ड रिक्वेस्ट पठाएको मानिसको नाम यदि तपाइँको फ्रेण्ड लिस्टमा पनि छैन र  Friend Request Sents नामक सूचिमा पनि छैन भने बुझ्नुहोस् उसले तपाइँको साथी बन्न गरेको अनुरोधलाई अस्विकार गरेको छ, अर्थात् तपाइँलाई हटाइदिएको छ ।

तपाइँलाई यसरी हटाएको मानिसको प्रोफाइलमा जानुभयो भने  Following लेखेको देख्नुहुनेछ र तपाइँले उसलाई पुनः फ्रेण्ड रिक्वेस्ट पठाउन सक्नुहुन्न । तथापि त्यस व्यक्तिले गरेका पब्लिक पोष्ट तथा तस्वीरहरु भने देख्न पाउनुहुन्छ ।

यदि तपाइँलाई आफ्नो रिक्वेस्ट लामो समयसम्म पनि स्विकार नगर्ने अर्थात् नाजवाफ भइरहने मानिससँग किन अनुरोध तेर्साइरहुँ भन्ने लाग्छ र कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट रद्द गर्न चाहनुहुन्छ भने पनि सक्नुहुन्छ ।

तपाइँले रिक्वेस्ट पठाएको व्यक्तिको प्रोफाइलसँगै रहेको Friend Request नामक ट्याबमा क्लिक गर्नुहोस् । यसमा एउटा ड्रपडाउन मेनु खुल्नेछ त्यसको सबैभन्दा तल Cancel Request नामक अप्सन हुनेछ । सोही अप्सनमा क्लिक गरेसँगै तपाइँले कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट फिर्ता गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर