Aamsanchar

मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

Author Image
आइतवार, असार ८, २०७६

बिर्तामोड।

मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् । काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले मिस ग्रेस टिन झापाको ताज पहिरिएकी हुन् ।

मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधि समेत प्राप्त गरिन् । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप र मिस कन्फिडेन्टको उपाधी बिर्तामोड ३ की अलिसा पोखरेलले प्राप्त गरिन् भने सेकेण्ड रनरअप र मिस क्युपिड फोटोजेनिकको उपाधी बिर्तामोड २ की रोश्नी राईले प्राप्त गरिन् ।

त्यसैगरि प्रतियोगितामा मिस मल्टिमिडिया , मिस भ्युवर च्वाइज र मिस इन्टलेक्च्वल मनिसा गौतम , मिस डिसिप्लेन शिखा चापागाईं ,मिस पङच्वल आशा खतिवडा ,मिस वेस्ट स्माइल लोजिना लिम्बू ,मिस वेस्ट हेयर नेहा मण्डल , मिस वेस्ट स्कीन झरना श्रेष्ठ , मिस फ्रेण्डली कृति सहनी , मिस पर्सनालिटी दिप्सना दुलाल ,मिस स्टाइल डिभा सेजल पाण्डे , मिस क्याटवाक युनिसा मगर ,मिस ब्युटिफुल सञ्जिला सुवेदी घोषित भए ।


प्रतियोगिताको निर्णायकहरुमा रङ्गकर्मी माधव कल्पित खतिवडा , अधिवक्ता कविता शर्मा ,सञ्चारकर्मी लिला अनमोल , गोल्डमेडलिष्ट राम दाहाल , युग गौतम रहेका थिए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य तथा ग्रेस इभेन्ट झापाकी अध्यक्ष कृतिका शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रेस इभेन्टका सिइयो सुरज थापा , ग्रेस इभेन्ट झापाका अभिषेक निरौला , विजय केशी , युवा व्यवसायी रमेश चौधरी, गायक वेनुप सुनुवार लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको कोरीयोग्राफर एलिसा अधिकारीले गरेकी थिइन् । सांस्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमको सञ्चालन सेलिसा उप्रेतीले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर