Aamsanchar

 सत्यालले गरे १७० औं पटक रक्तदान

Author Image
बुधवार, साउन ८, २०७६

इन्टरनेशनल  नेप्लिज ब्लड डोनर्स एसोसिएसन ( INBD) का केन्द्रिय अध्यक्ष अजय सत्यालले १७० औं पटक रक्तदान गरेका छ्न ।

अमेरिकाको फ्लोरिडा राज्यमा लामो समय सम्म वायु प्रदुषण विशेषज्ञको रुपमा काम गरेका उनी बिस्वमै सबैभन्दा बढी रक्तदान गर्ने नेपालीको सुचिमा दोस्रो नम्बरमा पर्दछ्न ।

सत्याल लगायतको टिमले नेपालमा रक्तदान सम्बन्धि विभिन्न सेमिनार ,आर्थिक सहयोग ,मोटिभेसन कार्यक्रम ,सम्मान तथा विभिन्न सस्था सगको सहकार्यमा रक्तदान कार्यक्रम समेत गर्दै आएका छ्न ।

नेपालमा रगतको अभाव हुन नदिन तथा बिदेशमा रहेका नेपालीहरुलाई समेत रक्तदान गर्न अभिप्रेरित गर्दै आएको आईएमबिडीले चालू आर्थिक बर्ष ०७५/०७६ मा १० लाख रुपैयाँ खर्च गरिसकेको छ ।

सबैभन्दा धेरे रक्तदान गर्नेमा  अर्जुन प्रसाद मैनालीको रेकर्ड छ, उनले १ सय ७१ औं पटक गरिसकेका छन ।  मैनाली  रक्तदानको अन्तर्राष्ट्रिय अभियान्ता समेत हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 531

प्रतिक्रिया (०)

सम्बन्धित खबर