चर्चित ‘हेलो’ गीतकी ब्रिटिस गायिका एडेलले बेलायती जासुसी फिल्म श्रृंखला जेम्स बोन्डका आगामी फिल्मका ‘थिम सङ्’ नगाउने घोषणा गरेकी छन्। एकेडेमी अवार्ड जित्ने पहिलो बोन्ड थिम गीत बनेपछि आगामी दिनमा त्यही सफलता र स्तर कायम गर्न नसकिने भएकाले गीत नगाउने बताएकी हुन्।



उनले भनिन्, ‘म कहिले त्यो गर्ने छैन् किनकी त्यो अत्यन्ते राम्रो भयो र म त्यसलाई बिगार्न चाहन्न।’ उनले एक समय हाल गाएको बोन्ड गीत नगाउने निर्णयमा पुगिसकेको पनि खुलासा गरिन्। उनले आफ्नो एल्बम ‘ट्वान्टीवान’को सफलताका कारण त्यस्तो सोच बनाएको भए पनि पछि गीत गाएको बताइन्।
‘जब मैले यो बोन्ड फिल्मको २३ औं श्रृखंला हो भन्ने थाहा पाएण तब मलाई लाग्यो कि यो मेरो भाग्य हो किनकी म पनि त्यो बेला २३ वर्षकी थिए।’ उनले गीत गाउनुको कारण खुलाइन्.।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 727