Aamsanchar

बाबाजीको भेषमा हतियार बोक्ने पक्राउ

Author Image
मङ्गलवार, वैशाख ७, २०७३

pppppp

लहान, ७ वैशाख । त्रिशूलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिको झोलाबाट सोमबार साँझ सिरहा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको छ ।
भारतीय नंको मोटरसाइकल पछाडि सवार हातमा त्रिशूल र कमण्डलु बोकेका सिरहा हर्कटी गाविस–१ निवासी ५६ वर्षीय भुटाई सदाय (दास) रसोही गाविस–५ निवासी मोटरसाइकल चालक ४५ वर्षीय हरिगोविन्द यादवका साथबाट दुई थान कटुवा पेस्तोल र उनीहरुले घरमा लुकाइराखेको एक थान इटालेली पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले दुवै जनालाई विशेष सूचनाका आधारमा साँझ ६ बजे सिरहाको औरही धनगढी सडकखण्डस्थित सुखीपुर नगरपालिका–९ दैहिपौडीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।
उनीहरु आठ वर्षदेखि भारतीय बजारबाट हतियार भित्र्याइ सिरहालगायत आसपासका जिल्लामा बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहेको तथा लागुऔषधको कारोबारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको बताइएको छ ।
हतियार कारोबारमा संलग्न यादवले कसैले शङ्का नगरोस् भनेर हतियार ओसारपसारका लागि त्रिशूलधारी बाबाको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)