Aamsanchar

बोक्सो भन्दै पुरुषलाई जिउँंदै खाल्डोमा पुरेर मार्ने पक्राउ

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

bokso

काठमाडौ , बैशाख २०

 रसुवामा बोक्सो भएको आरोप लगाउँंदै एक व्यक्तिलाई जिउँंदै खाल्डोमा पुरेर मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आइतबार अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । रसुवाको यार्सा गाविसका ५५वर्षिय तुलु सार्कीलाई स्थानीय व्यक्तिहरुले पहिले आगो लगाइएको र पछि जिउँंदै खाल्डोमा पुरेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न कान्छा शेर्पा,ल्याङबुटी तामाङ र छेनोर्वु थिङलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
बोक्सो भएको आरोपमा तुलुलाई केही दिन पहिले मानव मलमुत्र खुवाएर गाउँं डुलाइएको थयो । त्यसको केही दिनपछि पहिले मुखमा कपडा कोचेर आगो लगाइको र पछि जिउँंदै खाल्डोमा पुरेको देखिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी दियो ।
अभियुक्तहरुले अपराध स्वीकर गरेको पनि प्रहरीले जनाएको छ । गाउँंमा निकै अपमान र यातना दिने गरिएपछि सार्की केही दिन अघि केरुङ नाकामा मजदुरी गर्न गएका थिए । भतिजा नाता पर्नेले बोलाएपछि उनी गाउँं फर्केका थिए,यही समयमा उनको हत्या गरिएको पनि प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर